२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चारैतिरबाट बस सञ्चालन भएपछि स्थानीयबासी आवतजावत गर्न सहज

२०७५, ४ माघ शुक्रबार १०:५५

चिसाङ शेर्पा | माघ ४, खोटाङ | चारैतिरबाट गाडी सञ्चालन भएपछि पालिकाबासीलाई आवतजावत गर्न सहज भएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयबासीलाई यातायातमा सहज भएको हो । गाउँपालिकाले सडकको पहुंच पुर्याएपछि दिपु्रङसहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको छ ।


सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार आएपछि सडकको सञ्जाल फराकिलो भएसँगै साना तथा ठूला गाडी कुद्न थालेको हो । कच्ची सडक भएपनि हिउँदमा ६ महिना गाडी चल्दा त्यस भेगका बालकदेखी बृद्धबृद्धालाइ यात्रामा सहजता छाएको छ । टेम्मा र साकेला गाउँपालिकाको मात्तिम सिमानामा पर्ने तावाखोलामा अस्थाइ सडक बनेपछि अहिले दिप्रुङका नागरिकलाई यातायातमा सहज भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । 

गाउँपालिकामा जताततैबाट सडकको पहुंच पुगेपछि विकासले समेत फड्को मार्ने अनुमान गरिएको छ । सदरमुकाम दिक्तेल र तराइसँग छोटो दुरीमा सडक बनेपछि दुइ तिन दिन लगाएर तराइ तथा अन्य स्थानमा यात्रा गर्नेलाई अहिले त्यो कष्टकर यात्रा दिनमा झरेको छ । विकासको पहिलो खुडकिलो सडकलाई प्राथमिकता दिंदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार– लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडकलाई निर्माण गरेर सञ्चलानमा ल्याएपछि यातायातमा सुविधा भएको हो ।

गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दुरीको सडक दिक्तेल खानीडाँडा याम्खा सडक खण्डमा पक्की पुल निर्माण हुदैछ । जसको लागि टेण्डर आव्हानको काम तीव्र गतीमा भइरहेको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाइ बाह्रै महिना सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसैविच, आठ गाउँपालिकामध्ये विकासमा सवैभन्दा अगाडी रहेको गाउँपालिकाले मंसिर २२ गतेदेखी ६५ वर्ष माथीका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई यातायातमा निःशुल्क सुविधा दिने उद्देश्यले वितरण गरेको निःशुल्क यातायात परिचयपत्र हालसम्म ७ सयवढी ज्येष्ठ नागरिकले लिइसकेका छन् । यातायातको परिचयपत्र लिएका बृद्धबृद्धाले गाडी चढे वापत पैसा तिर्नुपर्दैन । परिचयपत्र भएका बृद्धबृद्धा गाडीमा चढेपछि यातायात व्यावसायीले टिकट दिने र त्यस टिकटको अर्धकट्टी गाउँपालिकालाई बुझाउने र यातायात व्यावसायीले  गाउँपालिकाबाट भुक्तानी लिने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित