२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चारैतिरबाट बस सञ्चालन भएपछि स्थानीयबासी आवतजावत गर्न सहज

४ माघ २०७५, शुक्रबार १०:५५

चिसाङ शेर्पा | माघ ४, खोटाङ | चारैतिरबाट गाडी सञ्चालन भएपछि पालिकाबासीलाई आवतजावत गर्न सहज भएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयबासीलाई यातायातमा सहज भएको हो । गाउँपालिकाले सडकको पहुंच पुर्याएपछि दिपु्रङसहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको छ ।


सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार आएपछि सडकको सञ्जाल फराकिलो भएसँगै साना तथा ठूला गाडी कुद्न थालेको हो । कच्ची सडक भएपनि हिउँदमा ६ महिना गाडी चल्दा त्यस भेगका बालकदेखी बृद्धबृद्धालाइ यात्रामा सहजता छाएको छ । टेम्मा र साकेला गाउँपालिकाको मात्तिम सिमानामा पर्ने तावाखोलामा अस्थाइ सडक बनेपछि अहिले दिप्रुङका नागरिकलाई यातायातमा सहज भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । 

गाउँपालिकामा जताततैबाट सडकको पहुंच पुगेपछि विकासले समेत फड्को मार्ने अनुमान गरिएको छ । सदरमुकाम दिक्तेल र तराइसँग छोटो दुरीमा सडक बनेपछि दुइ तिन दिन लगाएर तराइ तथा अन्य स्थानमा यात्रा गर्नेलाई अहिले त्यो कष्टकर यात्रा दिनमा झरेको छ । विकासको पहिलो खुडकिलो सडकलाई प्राथमिकता दिंदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार– लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडकलाई निर्माण गरेर सञ्चलानमा ल्याएपछि यातायातमा सुविधा भएको हो ।

गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दुरीको सडक दिक्तेल खानीडाँडा याम्खा सडक खण्डमा पक्की पुल निर्माण हुदैछ । जसको लागि टेण्डर आव्हानको काम तीव्र गतीमा भइरहेको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाइ बाह्रै महिना सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसैविच, आठ गाउँपालिकामध्ये विकासमा सवैभन्दा अगाडी रहेको गाउँपालिकाले मंसिर २२ गतेदेखी ६५ वर्ष माथीका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई यातायातमा निःशुल्क सुविधा दिने उद्देश्यले वितरण गरेको निःशुल्क यातायात परिचयपत्र हालसम्म ७ सयवढी ज्येष्ठ नागरिकले लिइसकेका छन् । यातायातको परिचयपत्र लिएका बृद्धबृद्धाले गाडी चढे वापत पैसा तिर्नुपर्दैन । परिचयपत्र भएका बृद्धबृद्धा गाडीमा चढेपछि यातायात व्यावसायीले टिकट दिने र त्यस टिकटको अर्धकट्टी गाउँपालिकालाई बुझाउने र यातायात व्यावसायीले  गाउँपालिकाबाट भुक्तानी लिने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य