2026-09-13 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मधेश आन्दोलनको १२ बर्ष पुरा: शहिद परिवार भन्छन्– ‘च्यादर ओढाउनु बाहेक केहि गरेनन्’

राम नारायण पंडित । माघ ५, सिरहा । मधेस आन्दोलनको आज १२ वर्ष पुरा भएको छ । आन्दोलनको बदौलत संघीयता कार्यान्वयनमा आएपनि सहिद परिवारमा दुखेसो यथाबतै छ । “देश संघीयतामा गयो, खुसी छु, राज्यको बेवास्तामा परेका सहिद परिवार सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका शहिद रमेश महतोको आमा रांनो देबि महतोले भनिन्, ‘सहिद परिवारले पाउनु पर्ने राहत पनि नपाएर मधेश सरकारकै बेबास्तामा परेका छौं ।” आन्दोलनको बेला आफ्नो छोराले शहादत दिँदा मधेशका आफुलाई ठुला बडा भन्ने नेताहरुले सिँढी लगाएर कुर्सीमा गएपनि हामीलाई बेबास्ता गरेका छन् । उनले अगाडी भनिन् “नेताहरुले हामीलाई केहि गरेनन्, बलिदानी दिबसमा बोलाएर च्यादर ओढाउनु बाहेक केहि गरेका छैन्, पहिला भन्दै थियो शहिद परिबारलाई रोजगारी दिन्छु, ५० लाख रुपैया दिन्छु, तर केहि दिएनन, शहिद परिबारका नाममा मेरो छोरालाई दिएको जागिर पनि खोसियो, पैसा पनि दिएन, मधेश आन्दोलनका नाममा हामीलाई मात्र प्रयोग गरिरहेका छन् ।” 

शहिद रमेश महतोका दाई बालकृष्ण महतोले मेरो भाई रमेश महतो ट्रष्टको नाममा करोडौ रकम आएपनि नेताहरुले नै गोलमाल गरिरहेको आरोप लगाए । उनले भने “यस ट्रष्टमा करोडौ रकम आउँछ, तर नेताहरुले नै गोलमाल गरिरहेका छन, मलाई गाँउमै रहेको शहिद रमेश महतो माध्यमिक बिद्यालयमा लेखापालमा जागिर दिएको थियो, तर त्यहाँबाट पनि हटाई दियो, काम गरेको पैसा केहि दियो पुरा दिएन्, हामीलाई कुनै नेताले बास्ता पनि गर्दैन, दुखपिडाको पनि कुनै सुनुबाई गर्दैनन्, बलिदानी दिबसमा नाम भजाउँनका लागि मात्र खोज्न आँउछ, के भनौ हामी अन्यायमा परेका छौ, शहिदको नाममा १० लाख रुपैया बाहेक केहि नपाएको छु ।” 

आँसु झार्दै रमेशका बुबा रवि महतोले भने “नेताको जरुरी लागेपछि मात्र हामीलाई खोज्न आउँछ, काम भएपछि केहि बास्ता गर्दैन, पहिला गाडी पठाउथ्यो लिन, अहिले लिन पनि आउँदैन, हामीलाई जो पिडा छ, त्यो कसैले बाड्न सक्दैन, मनमा पिडा छ, बर्षमा एक दिन नेताले मन्चमा बोलाएर हामीलाई च्यादर ओढाउँदा पिडा कम हुने छैन् ।”

विष्णुपुर गाँउपालिका १ लक्ष्मीपुरका शहिद राजेश ठाकुर परिबारको पिडा रमेश भन्दा कम छैन् । शहिद राजेश ठाकुरका भाई मुकेश ठाकुरले भने “दाईको मृत्यु भएपछि नेताहरु केहि बर्ष आयो, तर अहिले कोही आउँदैन, हामीलाई शहिदको रुपमा सरकारले मान्दौन कि जस्तो लागिरहेको छ, हामीलाई सरकारबाट कुनै सेवा सुबिधा पनि पाएका छैनौ, दाईको श्रीमति, छोरछोरीको पालनपोषण मलाई नै गर्नु परिरहेको छ, धेरै समस्या छ ।” 

मधेश आन्दोलनका घाइते बिष्णुपुर गाउँपालिका १ का शिबदयाल यादबले भन्छन् “मैलै सरकारी बिद्यालयमा जागिर गरिरहेको बेलामा मधेश आन्दोलनका क्रममा प्रहरीले पक्राउ गरेर चरम यातना दियो, जसको कारणले मानसिक सन्तुलन बिग्रियो, ४ लाख जतिको उपचार गराए तर निको भएको छैन, कुनै नेताहरुले अहिलेसम्म के भएको छ भनेर सोध्न पनि आएको छैन, के भन्नु दुखैदुखमा जिबन चलिरहेको छ, जागिर पनि छुट्यो, घाइते पनि भए, कहि कतैबाट सहयोग पनि पाईन्, ६ बटा बालबच्चा छ,  पालनपोषणमा समस्या छ ।”

मधेश मामलाका जानकार महादेब साह भन्छन्,— “मधेश आन्दोलनले उपलब्धि नभएको होईन, आन्दोलन उपलब्धिमुलक छ, मधेशीमाथी राज्यले गरेको बिभेदको बिषयमा पहाड, हिमाल लगायतका क्षेत्रका जनताले मधेशीको बारेमा बुझेका छन्, कि मधेशीमाथी अन्याय भएको छ, बिभेदमा परेको छ भनेर, नेपालमा पनि मधेशीलाई बिभेद भईरहेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय जगतले पनि आज बुझिरहेका छन, संघियता मधेश आन्दोलनको बदौलत आएको हो, राज्यप्रति पुरा नाकारात्मक हुन पनि सक्दिन, हामी आशाबादी छौ, शहिद परिबारको सम्मान दिन संघिय सरकार र प्रदेश सरकारले पनि अग्रसर हुनुपर्छ, नेताहरुको चाहना अनुसार प्रदेश २ मा मधेसी गठबन्धनको सरकार बनेको छ ।” 

२०६३ साल माघ ५ गते सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका कक्षा ९ मा अध्ययनरत १६ वर्षिय किशोर रमेश महतोले सहादत प्राप्त गरेपछि मधेस आन्दोलन उत्कर्षमा पुगेको थियो । पहिलो मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय कुमार सहनी, मोहम्मद अनिस लगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि बलिदानी दिए । २०६३ माघबाट सुरु भएको पहिलो मधेस आन्दोलनले मुलुकलाई संघीयताको बाटामा लगेको थियो । मधेसीको अधिकार, पहिचान र आत्मसम्मान सहित संघीयताका लागि भएको आन्दोलनमा ५४ जनाले ज्यान गुमाए । पहिलो मधेस आन्दोलनबाट उठान भएको मुद्दा प्राप्ति नभएपछि २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए । २०७३÷०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिएका छन ।

प्रदेश २ सरकारले सिरहाको लहान स्थित पशुपति माबिमा आज बलिदानी दिबस तथा सम्मान कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमलाई संघिय समाजबादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष तथा संघिय सरकारका उपप्रधानमन्त्रि उपेन्द्र यादब लगायत प्रदेशका मुख्यमन्त्रि, मन्त्रिको साथै राजपा नेपालका शिर्षस्त नेताहरु लगायतका सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शहिदको सपना सकार गर्नका लागि संघर्ष जारी रहेको उनीहरुको भनाई रहेका छन् । मधेबादी दलले माघ ५ गतेका दिन बलिदानी दिबस मनाउँदै आएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले