पढ्न करिब 1 मिनेट लाग्छ
<p>माघ ५, रोल्पा । शहीद गाउँको नामले चिनिने रोल्पाको जेल्वाङ उज्यालोयुक्त गाउँ घोषणा भएको छ । <br></p><p>सुनछहरी गाउँपालिका–७ मा पर्ने सो गाउँमा रहेका सबै घरधुरीमा लघुजलविद्युत्को सेवा विस्तार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यहाँ आयोजित कार्यक्रममा सो गाउँलाई अँध्यारोमुक्त घोषणा गर्नु भएको हो । </p><p>माओवादी सशस्त्र युद्धताका विद्रोही र राज्य पक्षबाट सबभन्दा बढी नागरिकको मृत्यु भएको गाउँको रुपमा जेल्वाङलाई लिने गरिन्छ । सो अवधिमा गाउँका ७३ ले ज्यान गुमाएका थिए ।</p>

