Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धनुषाधाममा मकर मेला शुरु

By kit 4 मिनेट पढाइ

माघ ६, धनुषा | जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ ।

माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालुभक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गर्ने गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको सो धाममा मेला भर्न आउने भक्तजनको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको सीता स्वंयम्बरमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले भाचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा सो धाममा झरेको किम्वदन्ती रहेको मन्दिरका महन्थ भरत दासले बताउनुभयो ।

धनुषधाममा खसेको धनुषको उक्त कालो रङ्गको सीलामाथि अहिले पिपलको रुख छ । उक्त रुख ५०० वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पिपलको बोटमा मणी नागको बास रहेको बताइन्छ । अमावस्या तिथिका दिन मध्य रातमा मणी नाग देखिने र पूरै मन्दिर हरियो रङ्गले रङ्गिने गरेको जनविश्वास छ ।

सो स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात माघ महीनामा मकर मेला लाग्ने गरेको छ । श्रद्धालुभक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्ने गर्दछन् । जनकपुरदेखि करीब १९ किलोमिटर उत्तरपूर्वमा रहेको धनुषाधाममा सो धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने गर्दछन् । यहाँ भारतीय भक्तजन बढी आउने गर्दछन् ।

यस्तै अमेरिका, थाइलेण्ड, सिङ्गापुरलगायत अन्य देशबाट पनि पर्यटक आउने गर्छन् । महन्थ दासका अनुसार युरोपेली मुलुकका पर्यटक धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृश्य पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न बढी रुचाउँछन् ।

सो स्थानमा पाँच महीना मेला लाग्ने गर्छ । मङ्सिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासङ्क्रान्तिदेखि पाँच वटा आइतबारसम्म मकर मेला, फागुन महीनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महीनामा रामनवमीका दिन गरी कूल पाँच पटक मेला लाग्ने गर्छ । मिथिला महात्मयका अनुसार पाँच मकर स्नान गरेर धनुष भगवान्को दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुन्छ । रासस