2026-09-13 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा दुई सय ३२ द्वारा नियमित एआरटी सेवा

माघ ६, लमही | दाङमा एचआइभी एड्स सङ्क्रमितलाई निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श दिन एक वर्षअघि सञ्चालनमा आएको एआरटी सेवाबाट दुई सय ३२ जनाले सेवा लिइरहेका छन् । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट १६० र राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट ७२ जनाले नियमित सेवा लिइरहेका एआरटी सेवा प्रमुख लेकप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार दाङमा ४३७ जना एचआइभी÷एड्स सङ्क्रमित भेटिएका भए पनि अहिले सबैले एआरटी सेवा लिएका छैनन् । 

केहीको मृत्यु भएको, कोही अन्य बाहिरी जिल्लामा गएको तथा कोहीले परामर्श पनि लिन नमान्दा सबैले एआरटी सेवा लिन नसकेको उहाँको भनाइ छ । नियमित सेवा लिइरहेकाले समाजमा उदाहरणीय काम समेत गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त सेवा शुरु भएदेखि सकारात्मक प्रभाव परिरहेको छ, एचआइभी सङ्क्रमितलाई पनि माया, ममता दिन सकेमा उनीहरुले सामान्य मानिस सरह जीवनयापन गर्न सक्छन्, भन्ने चेतना पैदा भएको छ ।” 

सङ्क्रमतिलाई आवश्यकता अनुसार बोलाउने गरेको उहाँले बताउनुभयो । “हामीले एचआइभी सङ्क्रमितलाई आवश्यकता अनुसार बोलाउने गरेको छौं” शर्माले भन्नुभयो, “कहिल्यै एक दिनमा एकजना मात्रै बोलाउछौं, कहिल्यै एक दिनमा १० जना पनि बोलाउँछौं ।” 

असुरक्षित यौन सम्पर्क, सङ्क्रमित आमाबाट जन्मिएको बच्चा, सङ्क्रमितले प्रयोग गरेको सुई तथा सङ्क्रमित व्यक्तिको रगत अर्कोको व्यक्तिमा पर्न जानुलगायतका कारणले एचआइभी सङ्क्रमण हुन सक्ने भन्दै यसबाट स्वयं व्यक्ति नै सचेत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले सङ्क्रमितलाई समाज, घरपरिवारले माया ममता प्रदान गर्नुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले