२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बढ्दो सवारी दुर्घटना

६ माघ २०७५, आईतवार १०:४७

माघ ६, दाङ | गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । 
त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो । 
यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि नै भुल्नै नसक्ने गरी पीडा दियो । ती दुवै घटनाको थप अनुसन्धान जारी छ । 
तर प्रारम्भिक अनुसन्धानले दुवै घटनामा चालकको कमजोरी रहेको दाङ ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अहिले यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरणका लागि विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् । 
उनीहरुले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दैआएका छन् । तर जिल्लामा दिनहुँ जसो सवारी दुर्घटना भइरहेका छन् । 
हिजो शनिबार तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरीमा दुर्घटना हुँदा २५ जना घाइते भए । घाइतेमध्ये ७ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने घाइने अन्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केका छन् । त्यसैगरी शनिबार नै जिल्लाका अन्य दुई स्थानमा पनि मोटरसाइकल दुर्घटना भएका छन् । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 
दाङमा चालू आर्थिक वर्षको हालसम्म अर्थात माघ ५ गते सम्ममा १३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी ११० जना गम्भीर घाइते भएको जानकारी दिनुभयो ।सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जीप तथा कार १४ रहेका छन् । 
त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई रहेका छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७८१ जना चालकलाई कारवाही गरेको छ । 
यस अवधिमा मोटरसाइकलका ६५५५, बसका २००६, जीपकार २०५२, ट्याक्टर १९९४, टेम्पो ६८१, ट्रक तथा ट्रिपर ३४९३ का सवारी चाचलकालाई कारवाही गरिएको थियो । कारवाहीस्वरूप रु. एक करोड दुई लाख ३३ हजार राजश्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ