२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा प्रयोगमा आएन ‘घरवास’

२०७५, ६ माघ आईतवार ११:०६

नरेन्द्रसिंह कार्की | माघ ६, दार्चुला | अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गत कैलाश पवित्र भूपरिधी संरक्षण तथा विकास कार्यक्रम (इसिमोड) को सहयोगमा नौगाड गाउँपालिका–३ खार दल्लखेमा निर्माण गरिएका घरवास प्रयोगविहीन भएका छन् । 

तीन वर्षअघि पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएका आठ वटा घरवासमध्ये हाल एउटा मात्रै प्रयोगमा छ । घरवास सञ्चालनको लागि चाहिने प्रयाप्त आर्थिक स्रोत नहुनु, तालीम र सीपको कमीका कारण निर्माण गरिएका घरवास बन्द अवस्थामा रहेका अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत खार उपभोक्ता समितिका अध्यक्ष मानसिंह मन्यालले जानकारी दिनुभयो । 

“घरवास निर्माण गर्ने व्यक्तिमा पनि सञ्चालन गर्ने इच्छा देखिएन्”, अध्यक्ष मन्यालले भन्नुभयो, “कार्यालयले पनि एक पटक सहयोग गरेपछि पुर्नताजगी नगर्दा स्थापना भएका घरवास प्रयोग विहीन भएका छन् ।” अहिले खारको चौरीगाउँमा स्थापना गरिएको हिमालय घरवास मात्रै सञ्चालनमा छ । कहिलेकाही विदेशी पर्यटक तथा आन्तरिक पर्यटक आउँदा घरवाससम्म पुग्ने गरेका छन् । घरवास सञ्चालक मथुरा मन्यालसँगै तालीम लिएर शुरु गरेका अन्य घरवास बन्द छन् । 

निर्माण गरिएका घरवास प्रचारप्रसार र प्रवद्र्धन नगरिदिँदा आफू समस्यामा परेको मन्यालले बताउनुभयो । “एक पटकलाई सामान दिइयो, त्यसपछि कुनै सहयोग पाएका छैनौं”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्र दल्लेख खारमा घरवास छ भन्ने कुरा बाहिर प्रचारप्रसार गरी दिए पनि सहयोग हुन्थ्यो ।” अधिकांशले शुरुमा घरवास निर्माण गर्ने भन्दै सहयोग लिए पनि पछिल्लो समय अन्य काममा लागेपछि घरवास बन्द भएका छन् । 

अर्का घरवास सञ्चालक जोगेनी डोबालले पछिल्लो समय कुनै निकायबाट घरवाससम्बन्धी तालीम सहयोग नपाएकोले पनि अघि बढाउन नसकिएको बताउनुभयो । “हाम्रो तिर बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटक ल्याउन सके सहयोग हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर कसैको सहयोग नहुँदा बन्द गर्नुपर्ने बेला आएको छ ।” 

शुरुका वर्षमा कैलाश भूपरिधी कार्यक्रमको कारण पनि केही विदेशी पर्यटक आएर घरवासमा बस्दा चलेको घरवास सञ्चालक मानसिंह डोबालले बताउनुभयो । अहिले कोही नआउने भएपछि बन्द गरिएको उहाँले जानकारी दिनुभयो । 

सदरमुकाम खलङ्गाबाट छोटो दूरीमा पर्ने खार चिसो र हिमाली ठाउँमा पर्छ । खारबाटै अपी हिमाल लगायतका उच्च हिम ऋखङ्ला देख्न पाइन्छ । पर्यटन प्रवद्र्धन र आन्तरिक पर्यटक लोभ्याउन लालीगुराँस, स्थानीय उद्योग तथा खानाका परिकारका लागि खार प्रख्यात भए पनि प्रचारप्रसारमा ल्याउन नसकिएको स्थानीयवासी बताउँछन् । अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो समय कार्यालयको तर्फबाट घरवास प्रवद्र्धन र निर्माणको लागि कुनै योजना कार्यक्रम नरहेको बताउनुभयो । 

चार वर्षमा ६४ पर्यटक 

दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रमा चार वर्षको अवधिमा ६४ मात्र विदेशी पर्यटक भित्रिएका छन् । संरक्षण क्षेत्रभित्र घुम्न आउने पर्यटकमा सार्क मुलुकबाहिरका छन् । अपी नाम्पा संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार विसं २०७२ देखि २०७५ पुसमसान्तसम्म संरक्षण क्षेत्रभित्र ३५ पुरुष र २९ महिला विदेशी पर्यटक घुम्न आएका हुन् । 

कार्यालयका अनुसार विगतको तुलनामा यसवर्ष पर्यटक बढी आएका छन् । वैशाखयता मात्रै संरक्षण क्षेत्रभित्र २० महिला र १६ पुरुष गरी ३६ पर्यटक अपी नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरेको तथ्याङ्क छ । सो संरक्षण क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकमध्ये विसं २०७२ मा १२ पुरुष र सात महिला गरी १९, विसं २०७३ मा पाँच पुरुष र दुई महिला गरी सात जना तथा २०७४ मा दुई जना मात्रै पुरुष विदेशी पर्यटक घुम्न आएको कार्यालयको तथ्याङ्क छ । 

संरक्षण क्षेत्रभित्र सुदूरपश्चिमकै अग्लो अपी हिमाल सात हजार १३२ मिटर, नाम्पा हिमाल छ हजार ७५७ मिटर र व्यास हिमाल छ हजार ६७० मिटर उचाइका छन् भने यो बाहेक कापुचुली, जेठी बहुरानी, लगायतका उच्च हिमशृखङ्ला छन् । 

संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वासे चितुवा, कस्तुरी मृग, हाव्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बादर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्बासो, लङ्गुर, थार, लगायतका २५ प्रकारका स्तनधारी वन्जयन्तु संरक्षण क्षेत्रभित्र पाइने गरेको सहायक संरक्षण अधिकृत घिमिरेले जानकारी दिनुभयो । यस्तै सो क्षेत्रमा पाइने डाँफे, मुनाल, चीर, चिल, च्याखुरालगायतका २४३ प्रजातिका चरा पाइने गरेको अध्ययनले देखाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा