२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितुवाको छाला किन्न प्रहरी नै ग्राहक बनेपछि…

२०७५, ६ माघ आईतवार ११:२३

माघ ६, सुर्खेत । ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो । उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना थाहा पाए । उनले विशेष सूचनालाई गम्भीर रुपमा लिँदै आफै ग्राहक बनेर सुर्खेत आइपुगे । 


उनीसहितको टोलीले कालिकोट जिल्ला रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसंग सम्पर्क गरे । प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर–३ स्थित होटल भिजिट रारामा छाला किन्ने फोन सम्बाद भयो । रेग्मीलाई शुरुमै उपाध्यायले छाला देखाउन मानेनन् । उनले कतिमा किन्ने भन्ने निक्र्यौलविना छाला नखोउने अड्डी कसे । रेग्मीले राम्रै रकम दिने निर्णय सुनाए । त्यसलगत्तै उपाध्ययले आफूसंग भएको चितुवाको छाला देखाएपछि प्रहरीको फन्दाको परे ।

रेग्मीसहितको टोलीले उपाध्यायलाई होटल भिजिट राराको अगाडीबाट पक्राउ गरेको छ । उपाध्ययको साथबाट दुई थान ध्वाँसे चितुवाको छाला बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । उनले पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषयमा टुंगो लागेको छैन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते