२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गाउँपालिकाको सहयोगमा सन्चो भइन् रमिला, शुक्रबार डिस्चार्ज हुंदै

६ माघ २०७५, आईतवार १४:११

चिसाङ शेर्पा | माघ ६, खोटाङ | रमिला तामाङका श्रीमानलाई फोनमा सोधियो, ‘उहाँको अवस्था कस्तो छ ।’ शुक्रबार डिस्चार्ज हुंदैछौ । उनको स्वास्थ्य अवस्थामा निकै सुधार आएको छ । चिकित्सकले डिस्चार्ज गर्नलाई सुझाव दियो । उनले सबैलाई चिन्छिन् अनि मजाले बोल्छिन् । मानसिक अस्पताल लगनखेलको बेड नम्बर ३७ मा रमिलालाई कुरीरहेको अवस्थामा श्रीमती सन्चो (स्वस्थ्य) भएको खबर रमिलाका श्रीमान मनिकुमार तामाङले सुनाए ।


मानसिक सन्तुलन गुमाएपछि गाउँमा जथाभावी गरेर आफ्नो जीबन नै जोखिममा पर्ने भएपछि आफन्त र गाउँले मिलेर खोरमा थुनेका रमिलालाई गएको पुस ३ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई लगायतले उद्धारगरी काठमाण्डौ उपचारमा पठाएको थियो । महिना दिनमा श्रीमती सन्चो (स्वस्थ्य) हुंदा उनका श्रीमान खुशी मात्रै भएनन् । केहीबेर गला अबरुद्ध बनाए । अनि, श्रीमतीलाई नयाँ जीबन दिनेलाई भगवानको उपमा दिए । ‘मैले त सोचेकै थिइन् मेरी श्रीमतीले नयाँ जीबन पनि पाउँछन् भनेर, छोराछोरीले आमाको स्याहारसुसार पाउछन् भनेर । तर, अब उनी नयाँ जीबन लिएर आफ्नो छोराछोरी र छिमेकमा आउँदैछिन् । त्यही मेलापात, त्यही ठाउँ अनि, नयाँ जीबनको सुरुवात गर्दैछिन् ।’

गएको पुस ३ गते उद्धार गर्दा दश हजार आर्थिक सहयोग गरी काठमाण्डौ उपचारमा पठाएका रमिलालाई शनिबार गाउँपालिका अध्यक्ष भुपेन्द्र राई स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे । त्यहाँ पुग्दा बेडमा सुतीरहेकी रमिलाले हत्तपत्त उठेर ‘नमस्कार सर’ भनेर सम्बोधन गरीन् । तपाइलाई कस्तो छ ? गाउँपालिका अध्यक्ष राईले प्रश्न गरे । ‘ठिक भएको छु सर ! घरमै गएर नियमित औषधि सेवन गर्नेगरी घर जान डाक्टरले सुझाव दिनुभएको छ ।’ रमिलाको सुरुदेखी अन्तिमसम्मकै सम्पुर्ण उपचार खर्च गाउँपालिकाले जुटाइदिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाकी ३३ वर्षीया रमिला सामान्य अवस्थामा आएपछि शुक्रबार डिस्चार्ज हुने भएकी हुन् । त्यसपछि उनी घर फर्कनेछिन् । सन्चो भएर । बर्षौदेखी मानसिक रोगले थल्लिएर नयाँ जीबन पाएकी रमिलाले अस्पतालको बेडबाटै गाउँपालिका प्रति खुशी ब्यक्त गरिन् । एक छोरा र एक छोरीलाई सम्झिन् । छोराछोरीको अवस्था के भइ सक्यो कहिले घर जाउ भएकी छु, कहिले उनीहरुको मुख हेर्नु । रमिलाले बेदना पोखिन् । मानसिक रोगी भएको गाउँपालिकाले अगाडी नै पत्ता लगाएर हेलिकोप्टरमार्फत काठमाण्डौ पठाइदिने भने पनि त्यो बेला श्रीमानले धरान उपचारमा लगेका थिए । त्यहाँ सामान्य मात्रै उपचार गराएर ल्याएपछि रमिलामा समस्या आएको थियो । जून सम्झना लायक थिएनन् । छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य