2026-09-13 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा सडक दुर्घटना बढ्दै

माघ ७, रोल्पा | रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो । 

२० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए । 

केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशिरवाद प्रालिको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा समेत दुईले ज्यान गुमाए भने २६ घाइते भए । छोटो अवधिमा भएका यी दुईवटा दुर्घटनाले जिल्लावासीलाई चिन्तित बनायो । 

सवारी दुर्घटनामा परी पुस महीनामा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए । 

रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन् । यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको सङ्ख्या बढी रहेको छ । आव ०७३÷०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए । उक्त वर्ष सामान्य र गम्भीर घाइतेको सङ्ख्या २७ थियो । 

आव ०७४÷०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको सङ्ख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ । सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए । चालू आवको छ महीनामा भएको सडक दुर्घटनाबाट प्रभावित हुनेको सङ्ख्यामा आएको वृद्धिले जिल्लाको यातायात व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । 

दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले बताउनुभयो । समितिको अनुमति बिना नै यात्रुले जबर्जस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको छ कार्यालय प्रमुख थापाले भन्नुभयो । 

सडक मापदण्ड विपरीत हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो रहेको छ । ग्रामीण सडक रहेका स्थानमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ । 

रोल्पामा बनेका सडकमध्ये करीब ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महीना सञ्चालन गर्न सकिँदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महीना चल्ने गर्दछन् । गाउँ गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना बढिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले