२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा चोरीमा संलग्न पाँच जनाको समूह पक्राउ

७ माघ २०७५, सोमबार ०५:५१

 माघ ७, पोखरा | जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

चितवन राप्ती नगरपालिका–११ घर भई पोखरा १० घलेचोक बस्ने १९ वर्षीय सुनील श्रेष्ठ, बाग्लुङ जैमिने नगरपालिका–९ का २७ वर्षीय खुमप्रसाद थापा, पोखरा पुथ्वीचोक बस्ने २३ वर्षीय गगन खवाससहित पाँच जनाको समूहलाई चोरीका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

उनीहरुको कोठा खानतलासीका क्रममा नेरु २० हजार ६१०, कतारियन दिनार १५० र भारतीय मुद्रा ३० बरामद भएको छ । यसका साथै विभिन्न कम्पनीका मोबाइल, घडी, क्यामेरा, ठूलो परिणाममा विभिन्न प्रकारका गरगहनासहित चोरीमा प्रयोग गरेका घरेलु हतियार बरामद गरिएको छ । उक्त चोरी गर्ने गिरोहलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकोछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही