Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’ योजना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ७, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ ।

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो योजना लागू गरेको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो ।

‘‘यो योजना लागू भएकाले महीना दिनजति भयो ।’’ गणपति प्रमुख सेनानी बस्न्यातले भन्नुभयो, “संवेदनशीलता र आवश्यकतानुसार निरन्तरता दिँदै जान्छौं ।” यो योजनाअन्तर्गत निकुञ्जभित्र रहेका संवेदनशील क्षेत्रको नियमित रेखदेख गर्ने, चोरीशिकार हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी एम्बुस थाप्ने, दुर्लभ वन्यजन्तु रहेको इलाकामा क्यामेरा जडान गरी निगरानी बढाउनेलगायत रहेको गणले जनाएको छ ।

सुरक्षा योजनाको पाचौं संरकरण महाहण्टमा पाटेबाघ, एकसिङ्गे गैडा, मृगलगायत सबै वन्यजन्तु तथा पशुपक्षीको सुरक्षामा बढी ध्यान दिइएको छ । ‘‘३५५ वर्ग किलोमिटर फैलिएको शुक्लाफाँटाको चौतर्फी सुरक्षाका लागि सेना रातदिन खटिएको छ।’’ उहाँले भन्नुभयो–“शुक्लाफाँटाको संरक्षण र वन्यजन्तुको सुरक्षामा स्थानीयवासी पनि गम्भीर भएर लाग्नुपर्छ ।”

निकुञ्जको सुरक्षामा खटिएको गणले सुरक्षाका लागि स्थापना गरेका १८ वटै सैनिक पोष्ट र निकुञ्जतर्फका वन कर्मचारीसितको समन्वयमा सो योजना अघि बढाइएको र यसबाट दाउरा र काठ तस्करी नियन्त्रण भइरहेको सेनाले जनाएको छ । रासस