२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरका कृषकले गरे अदुवाबाट मनग्य आम्दानी

७ माघ २०७५, सोमबार ०९:३४

माघ ७, कावासोती | अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् । 

पूर्वनवलपुरका नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन् । “गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ,” कोटथरका हेमान सिङ्जालीले भन्नुभयो, “गत वर्ष सिँत्तैमा दिएको जस्तो भएको थियो ।” 

आम्दानीको मुख्य स्रोतका रुपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चा यस वर्ष अदुवाबाट मनग्य आम्दानी भएको बताउनुुन्छ । “मूल्य व्यापारीले तोक्छन्, उनीहरुकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

स्थानीय व्यापारी तुलबहादुर गाहा अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताउनुहुन्छ । उहाँले यहाँबाट खरीद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आउनुभएको छ । यस वर्ष उहाँले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहनुभएको छ । 

अघिल्लो वर्ष सुठो प्रतिधार्नी रु ३५० मा खरीद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी रु ८०० मा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन् । सो क्षेत्रमा सडक जीर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । “गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ,” नरमका टेकबहादुर थापाले भन्नुभयो, “ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौँ ।” 

नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको मुख्य क्षेत्रका रुपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका–६ का वडाध्यक्ष नेमबहादुर थापा बताउनुहुन्छ । सो गाउँपालिकाले वडा नं १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा नं ६ मा अदुवाको मुख्य क्षेत्रको योजना बनाएको उहाँले बताउनुभयो । “कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,” उहाँले भन्नुभयो । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको रु १० लाख विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य