२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको चुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित

२०७५, ७ माघ सोमबार १०:११

राजेन्द्रप्रसाद पनेरु | माघ ७, कंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने चुरे फेदीको बर्रेगडा र धारापानी वस्ती आधारभूत सुविधाबाट वञ्चित रहँदैआएका छन् । सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ वस्तीमा । यहाँ बस्दैआएका परिवारसँग जग्गाको स्वामित्व समेत छैन । 

धारापानीका बासिन्दाले नजीकैको खोलाको पानी उपभोग गर्दै आए पनि बर्रेगडाका बासिन्दालाई दुई किलोमिटर टाढाको खोलाबाट पानी बोकेर ल्याउनु पर्ने अवस्था छ । वर्षात्का बेला खोलामा धमिलो पानी आउने गर्दछ । बर्रेगडाका टेकबहादुर बुढाले भन्नुभयो – “पिउने पानीको अर्को विकल्प नहुँदा धमिलो पानीलाई थेग्र्याई पिउने गर्दैआएका छौं । यस्तो पानी पिउनु रहर नभएर बाध्यता हो ।” 

उहाँले भन्नुभयो – “सडकको भरपर्दो व्यवस्था नहँुदा उपभोग्य वस्तु ल्याउन दश किलोमिटर टाढाको बजार पैदल नै पुग्नु पर्दछ । पिठ्युमा भारी बोकेर उपभोग्य वस्तु ल्याउने गर्दछौं ।” वर्षात् अघि नै उपभोग्य वस्तुको जोहो मिलाउनुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । वर्षात्का बेला खोला र नदीहरुमा पानीको बहाव उच्च हुने भएकाले वर्षा हुनु अगावै यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु चामल, दाल, नून, तेल र पिठो लगायतको जोहो मिलाउने गर्दछन् । बालबालिकालाई पाँच किलोमिटर टाढाको विद्यालय पु¥याउन जङ्गल कटाउन अभिभावकलाई पालो मिलाउनु पर्ने बाध्यता छ । 

“हिंस्रक जीवजन्तुको सम्भावित आक्रमणबाट जोगाउन बालबालिकासँगै अभिभावक जानुपर्दछ,” स्थानीयवासी वीरबहादुर थापाले भन्नुभयो । 

बालबालिकालाई विद्यालय पुर्याउन र ल्याउन पालो मिलाउँदै आएको उहाँले बताउनुभयो । अर्का स्थानीयवासी धनादेवी धामीले भन्नुभयो – “ वस्तीमा विद्युत् त परको कुरा । टुकी बाल्न तेल ल्याउने क्षमतासम्म नहुँदा राति अँध्यारोमै खाना पकाउने काम हुन्छ । दिउँसोको उज्यालोमा मात्रै बालबालिकाले पढ्न पाएका छन् ।” 

“लोकतन्त्र आयो, काठमाडौँको सिंहदरबार गाउँमै पुग्यो भनेर रेडियो भन्दछ,” उहाँले भन्नुभयो – “बस्दै आएको वस्ती जस्तो पहिला थियो, अहिले पनि त्यस्तै छ । पहिराले बाटो लग्दा सहज रुपमा हिँड्न समेत पाउँदैनौं ।” 

वस्तीमा बस्ने बासिन्दाको आयस्तर निकै कमजोर हुँदा वस्तीका अधिकाँश पुरुष कामको खोजीमा भारत र छिमेकी जिल्लामा मजदूरी गर्न जान्छन् । उनीहरुले पठाएको पैसाबाट वर्षभरिको घर खर्च धान्ने गरिन्छ । थोरै रहेको पाखो जग्गामा लगाइएको अन्नबाली बाँदर, बँदेल लगायतका जङ्गली जनावरले दिउँसै खेतमा पसेर सखाप बनाएर दुःख दिन्छन् । 

छ वर्ष अघि घरजग्गा सबै पहिराले लगेपछि धारापानीका साइमले धामीको परिवार दार्चुलाको धुलीगडाबाट आश्रयको खोजीमा यस ठाउँमा बस्न आएको हो । चारैतिर नदीले घेरिएको ठाउँमा बस्दैआएका धामी परिवारलाई वर्षात्को उर्लिदो भेलले बगाउने चिन्ता छ । धामीले भन्नुभयो – “पहाडमा रहेको सबै खेत पहिरामा पर्यो। अब यहाँबाट समेत विस्थापनमा परे कुन ठाउँमा परिवारलाई लगेर राख्ने हो भन्ने पिरलो छ ।” 

वस्ती जोखिमयुक्त र सुविधारहित भएका कारण धेरै परिवारलाई वस्ती नै त्यागेर जीविका चलाउन अन्यत्र जानुपर्ने बाध्यता छ । 

चुरे क्षेत्रमा पर्दैगएको मानवीय चापले विनाश बढ्न थालेपछि संरक्षणका लागि वस्ती हटाउन दवावसमेत आउने गरेको छ । बस्न अर्को व्यवस्था नहुँदा दवाव र जोखिम सहेर बस्नुपरेको स्थानीय बासिन्दा बताउँछन् । 

चुरे क्षेत्रका कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्किफाँटा र बागमारेका बासिन्दाको एउटै खाले समस्या रहेको छ । केही परिवारले परम्परागत रुपमा बाख्रापालन गरी जीविका धान्दै आएका भए पनि धेरै परिवार भारतमा दरवान र कुल्लीको काम गर्न बाध्य छन् । 

चुरे क्षेत्रमा मानवीय चापसँगै विनाशसमेत उत्तिकै बढेकाले एकीकृत नमूना वस्ती बसाल्न योजना अघि बढाइएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । उहाँका अनुसार यसका लागि घरधुरी सर्वेक्षण सँगै एकीकृत नमूना वस्तीका लागि सम्भाव्यता अध्ययनको कार्य थालिएको छ । चुरे क्षेत्रमा बस्दैआएका दुई वस्तीका २२ परिवारको अवस्था निकै नाजुक रहेको सर्वेक्षणले देखाएको छ । यसमा आठ जना अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । 

उहाँले भन्नुभयो – “कुनै पनि सुविधा पुर्याउन थोरै स्रोतले सम्भव नहुने भएकाले वस्ती नै अन्यत्र सारिनु पर्छ । यसका लागि योजना बनाउन जुटेका छौं ।” उहाँका अनुसार सुविधा सम्पन्न वस्ती बसाउन जग्गाको खोजी भैरहेको छ । विसं २०२४ अघिदेखि वस्ती बस्न थालेको यस क्षेत्रका बासिन्दा घाँसका छाना भएका घरमा बस्दैआएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी