२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कार्यालय रित्तै बनाएर कर्मचारी भ्रमणमा

२०७५, ७ माघ सोमबार १३:३९

माघ ७, कालिकोट । दैनिक कामकाज प्रभावित हुने गरी पलाँता गाउँपालिकाका सबै कर्मचारी भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न दुई साता अघि काठमाडौ गएपछि अन्य कर्मचारी भ्रमणमा गएका हुन् । 


गाउँपालिका अध्यक्ष गाउँपालिकामा हुँदा सबै कर्मचारी गाउँपालिकामै हुन्छन् तर अध्यक्ष पालिका बाहिर जाँदा सबै कर्मचारी बिभिन्न बाहानामा कार्यालय छोडेर भाग्छन् नाम नबताउने शर्तमा एक स्थानीय सेवाग्राहीले भने । कर्मचारी नभएपछि सेवाग्राही पनी आउन छाडेको कार्यालय कुर्न बसेका स्वाथ्य सहसंयोजक विनोदकुमार न्यौपानेले बताए । लेखापाल खिमलाल पुन विकास बजेटको ६० प्रतीशत बजेट खर्चगरी बिदामा घर गएका हुन् अन्य कर्मचारी को कसरी कहाँ गए थाहा  नभएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।

अन्य कर्मचारी नायव सुब्वा तथा सूचना अधिकारी राजबहादुर बम र प्राविधिक शाखा प्रमुख पदमबहादुर शाही बिदेश भ्रमणमा निस्केका छन् । ‘प्रमुख प्रशासकीय अधिकृत समायोजन फर्म भर्न जानुभएको हो तर उहाँ पनि बिदेशमा हुनुहुन्छ’ एक कर्मचारीले भने । पलाता गाउँपालिकाका एक मात्र सचिव बिष्णुकान्त प्याकुरेल माघि महोत्सवमा बर्दिया गएका छन् ।

लेखा सहायक र एक जना खरिदार पनि बिदामा नै छन् । सबै कर्मचारी १५ गतेसम्म आउने कार्यालयमा भिडियो हेर्दै दिन काट्दै गरेका न्यौपानेले बताए । बिदामा गएका कर्मचारीले बिदा स्वीकृत गराएका छैनन् । ‘पहिले गाविस सचिव र कार्यालय प्रमुख नबस्ने समस्या आउथ्यो, अहिले स्थानीय निकायमा नियमित कर्मचारी नबस्ने गरेको गुनासो आइरहेको छ’ नागरिक समाज कालिकोटका अगुवा कालीबहादुर मल्लले बताए । बर्षभरी कार्यालयमा कर्मचारी नबस्ने र असाढ मसान्तमा सबै बजेट सक्काउने परिपाटी अझै छुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने