२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

२०७५, ८ माघ मंगलवार ०६:४७

माघ ८, मार्तडी | बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ । 
कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । 
कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ । 
कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् । 
नागरिकता र मतदाता शिविर शुरु 
जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाको दक्षिणी क्षेत्रमा सोमबारदेखि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरेको छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका क्षेत्रमा कार्यालयले शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो । 
प्रशासन कार्यालयको आयोजना र बूढीगङ्गा नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । बूढीगङ्गा नगरपालिकामा नागरिकता शिविर सोमबारदेखि सञ्चालन भएको छ । नागरिकता लिनका लागि जिल्लामा आउन नसक्ने, आर्थिक अभाव भएका, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालाई लक्षित गरी शिविरको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 
उहाँका अनुसार सोमबारदेखि बूढीगङ्गा नगरपालिकाको बडीमालिका क्याम्पसमा प्रजिअ बरालको नेतृत्वमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका १६९ ले सेवा लिएको प्रजिअ बरालले बताउनुभयो । 
जिल्लाको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको कोल्टी र खप्तड छेडेदह गाउँपालिकामा पनि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरिएको थियो । 
वडाध्यक्षलाई एक हजार जरिवाना 
मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु एक हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मदिरा ऐनअनुसार सामान्य जरिवाना तिराएर छाडिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । 
जिल्ला प्रशासन कार्यालयले बूढीगङ्गा नगरपालिकामा नागरिकता वितरण शिविर सञ्चालन गरेको र नागरिकताका लागि वडाध्यक्षको सिफारिस अनिवार्य हुने भएकाले तत्काल जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख भाटले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला