Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

महोत्तरीमा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु, एक गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>&nbsp;माघ ८, गौशाला | पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ ।&nbsp;</p><p>ट्र्याक्टरमै बसिरहेका रौतहट चन्द्रपुर नपा–९ कै २१ वर्षीय विनोद राम गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।&nbsp;</p><p>गए राति करीब ८ बजे बर्दिवासबाट रौतहट जाँदै गरेको ना ६ त ५६१५ नम्बरको रुई पेल्ने मेशिनसँग जोडिएको ट्र्याक्टर बाँके जङ्गलमा आफैं अनियन्त्रित भई पल्टिँदा चालक मन्सुरीको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । रासस&nbsp; &nbsp;</p>