२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा पाँच महीनामा २० पुरुषले सम्बन्धविच्छेद

२०७५, ८ माघ मंगलवार ११:१२

माघ ८, भोजपुर | नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । 

नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म चार पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका अदालतका नायब सुब्बा नवीन कोइरालाले जानकारी दिनुभयो । त्यस्तै २१ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् । 

अदालतमा पाँच महीनामा आएका जम्मा ४१ वटा मुद्दामध्ये २० वटा फैसला भएका छन् भने २१ वटा फैसला हुन बाँकी रहेको छ । वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्धविच्छेदका प्रमुख कारण रहेको जनाइएको छ । 

दुई हजार ४०० लाई नागरिकता वितरण 

जिल्ला प्रशासन कार्यालय भोजपुरले चालू आर्थिक वर्षको छ महीनामा एक हजार ७०० बढी नागकिता वितरण गरेको छ । कार्यालयले चालू आवको साउनदेखि पुस मसान्तसम्म पुरुष ८०० र महिला ९०९ गरी एक हजार ७०९ वटा नयाँ नागरिकता वितरण गरेको हो । 

त्यस्तै छ महीनाको अवधिमा पुरुष ३७१ र महिला २२४ गरी कूल ५९५ प्रतिलिपी वितरण गरेको छ भने तीन वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक कम्प्युटर अपरेटर दिनेश तामाङले जानकारी दिनुभयो । 

कार्यालयले साउन महीनामा २८६, भदौ महीनामा २४०, असोजमा २५९, कात्तिक ५७५, मङ्सिर ४५५ र पुस महीनामा ४१२ वटा नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यालयले सो अवधिमा ३२३ महिला र ३८३ पुरुष गरी ७०६ लाई नयाँ वितरण गरेको इलाका प्रशासन कार्यालय दिंलाका प्रमुख विजय राईले जानकारी दिनुभयो । जिल्ला प्रशासन कायालय भोजपुर र इलाका प्रशासन कार्यालय दिंगलाबाट गरी दुई हजार ४०६ ले नागरिकता लिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो