१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा पाँच महीनामा २० पुरुषले सम्बन्धविच्छेद

८ माघ २०७५, मंगलवार ११:१२

माघ ८, भोजपुर | नयाँ मुलुकी ऐन लागू भएको पाँच महीनामा जिल्ला अदालत भोजपुरमा २० पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । 

नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै २० पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका हुन् । जिल्ला अदालत भोजपुरका अनुसार भदौमा नौ, असोजमा तीन, कात्तिकमा दुई, मङ्सिरमा दुई, र पुस महीनाको मसान्तसम्म चार पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका अदालतका नायब सुब्बा नवीन कोइरालाले जानकारी दिनुभयो । त्यस्तै २१ महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका छन् । 

अदालतमा पाँच महीनामा आएका जम्मा ४१ वटा मुद्दामध्ये २० वटा फैसला भएका छन् भने २१ वटा फैसला हुन बाँकी रहेको छ । वैदेशिक रोजगार, पारिवारिक असमझदारी, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु सम्बन्धविच्छेदका प्रमुख कारण रहेको जनाइएको छ । 

दुई हजार ४०० लाई नागरिकता वितरण 

जिल्ला प्रशासन कार्यालय भोजपुरले चालू आर्थिक वर्षको छ महीनामा एक हजार ७०० बढी नागकिता वितरण गरेको छ । कार्यालयले चालू आवको साउनदेखि पुस मसान्तसम्म पुरुष ८०० र महिला ९०९ गरी एक हजार ७०९ वटा नयाँ नागरिकता वितरण गरेको हो । 

त्यस्तै छ महीनाको अवधिमा पुरुष ३७१ र महिला २२४ गरी कूल ५९५ प्रतिलिपी वितरण गरेको छ भने तीन वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक कम्प्युटर अपरेटर दिनेश तामाङले जानकारी दिनुभयो । 

कार्यालयले साउन महीनामा २८६, भदौ महीनामा २४०, असोजमा २५९, कात्तिक ५७५, मङ्सिर ४५५ र पुस महीनामा ४१२ वटा नागरिकता वितरण गरेको छ । इलाका प्रशासन कार्यालयले सो अवधिमा ३२३ महिला र ३८३ पुरुष गरी ७०६ लाई नयाँ वितरण गरेको इलाका प्रशासन कार्यालय दिंलाका प्रमुख विजय राईले जानकारी दिनुभयो । जिल्ला प्रशासन कायालय भोजपुर र इलाका प्रशासन कार्यालय दिंगलाबाट गरी दुई हजार ४०६ ले नागरिकता लिएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने