२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे २ करोड ठगेर फरार भएकी एक महिला दरबारमार्गबाट पक्राउ

२०७५, ८ माघ मंगलवार १२:०२

माघ ८, पोखरा । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिला पक्राउ दरबारमार्गबाट परेकी छन् ।

बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैको दरबारमार्गबाट पक्राउ गरेको हो ।

सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।

एसपी रानाका अनुसार सरिताले घरजग्गा खरिद गर्न, जग्गासँग घर घरसँग जग्गा साटिदिने प्रलोभन देखाएर रकम लिएर गठी गरेकी हुन् ।

प्रहरीले सरितासँग घर र जग्गा नभएपनि फ्ल्याट भाडामा लिएर बस्ने गरेको र उनीसँग काम गर्ने मान्छे तथा प्राइभेट कार पनि रहेको जनाएको छ ।

सरिताले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिदै ठगि गर्ने गरेको पिडितको आरोप छ ।

ठगीको आरोपमा पक्राउ परेकी रानालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको हो । सरिताले आफूले रकम लिएर फिर्ता नगरेको स्वीकार गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै