२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट शुरु

२०७५, १० माघ बिहीबार ०५:०२

माघ १० , बेत्रावती | नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । 

गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा तथा सुविधाको जानकारी सेवाग्राहीले प्राप्त गर्न सक्ने गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार एप्समार्फत् गाँउपालिकाको परिचय, जनप्रतिनिधि र कर्मचारीको पूर्र्ण विवरण, नागरिक बडापत्र, राजश्व–कर, योजनासम्बन्धी जानकारी, कानून एवं निर्देशिका, बजेट तथा निर्णयलगायतका शीर्षक समावेश गरिएको छ । 

“जनतालाई सेवा प्रवाह छिटो–छरितो एवं पारदर्शीरूपमा उपलब्ध गराउन एप्स सुविधा सञ्चालनमा ल्याएका हौँ”, लामाले भन्नुभयो, “घटना दर्ता, बोलपत्र आह्वान, गाँउपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी समस्या दर्ता तथा सुझाव र गुनासा अब इन्टरनेटको सहयोगमा जहाँ बसेर पनि मोबाइलबाटै सेवाग्राहीले गर्न सक्ने व्यवस्था मिलाइएको छ ।” 

नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये पहिलो गाउँपालिकाका रूपमा किस्पाङ गाँउपालिकाले यहाँ रहेको लुमिनरी सफ्टवेयर बिल्डर कम्पनीमार्फत रु ५० हजार लगानीमा एप्स तयार गरेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते