२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उद्योग सञ्चालन नहुँदा बिचल्लीमा उखु किसान

१० माघ २०७५, बिहीबार ०५:३०

माघ १०, नवलपरासी | उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् । 

अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । 

मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म पश्चिम नवलपरासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । जिल्लामा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् । 

अहिलेसम्म कुनै पनि उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दै गएकाले आफूहरू निकै समस्यामा परेको उखु किसानका अगुवा धीरज त्रिपाठीले जानकारी दिनुभयो । 

पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको उचित व्यवस्थापन गर्न नसक्दा आफूहरू निरास बन्दै गएको उहाँले बताउनुभयो । 

अघिल्लो वर्षको बाँकी रकम नदिने र यस वर्षसमेत समयमै उखु क्रसिङ नहँुदा लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ । पश्चिम नवलपरासीमा रहेको बागमती सुगर मिलले गत वर्षको करीब रु चार करोड ५० लाख र इन्दिरा चिनी उद्योगबाट रु ५० लाख भुक्तानी दिन बाँकी रहेको किसानको जिकिर छ । 

राज्यले उखुबालीलाई राष्ट्रिय बालीको रुपमा घोषणा गरे पनि उद्योग व्यावसायीले सलाई साकार बनाउन बेवास्था गर्दा किसान समस्यामा परेको प्रदेशसभा सदस्य अजय शाहीको भनाइ थियो । वर्षौदेखिको बाँकी रकम भुक्तानी नपाउनाका साथै समयमै उद्योग सञ्चालनमा नआउँदा दोहोरो मारमा परेका किसानलाई दैनिक गुजारासमेत चलाउन गाह्रो भएकाले उखु किसानको समस्याबारे सदनमा कुरा उठाउने जानकारी दिनुभयो । 

सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरिसकेको छ । तत्कालै चिनी उद्योग सञ्चालनमा पथ्र्यो अझै एक साताभित्र उद्योग सञ्चालनमा नआए आफूहरु उखु प्रदर्शनसहित सडक आन्दोलन गर्ने अन्तिम तयारीमा पुगेको उखु किसान एवं पश्चिम नवलपरासीका साविक कुडिया गाविसका पूर्वअध्यक्ष प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभयो । 

सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मुल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेबमोजिम उखुको मूल्य किसानलाई दिन नसक्ने उद्योग सञ्चालकको भनाइ थियो । इन्दिरा सुगरमिलका सञ्चालक राम थापाले चिनीको मूल्य न्यूनतम प्रतिकेजी रु ७८.१० पैसा कायम हुन सके मात्र सरकारले उखुको मूल्य निर्धारण गरे बमोजिमको रकम दिन सकिने जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगतका वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य