२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैँडाकोट नगरपालिकामा छ महीनामा ३८ उजुरी

१० माघ २०७५, बिहीबार ०५:५३

माघ १०, रत्नगर | पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्षको पहिलो छ महीनामा ३८ उजुरीहरु परेका छन् । 

तीमध्ये अधिकांश उजुरी मेलमिलाम गराएर टुङ्ग्याइएको न्यायिक समिति संयोजक विष्णुकुमारी कँडेलले बताउनुभयो । 

“न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि प्रयास गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “ती वडाले मुद्दा मिलाउन नसके मेलमिलाप केन्द्रमा छलफल भएको भन्ने जानकारीसहित वडाध्यक्षले सिफारिश गरेर पठाएपछि हामीले मुद्दा हेर्ने गरेका छौँ ।” 

न्यायिक समितिमा परेका ३८मध्ये ३२ उजुरी समाधान समाधान गरिएको र बाँकी रहेका छ उजुरी पनि प्रक्रियामा रहेको उल्लेख गर्दै नगर उपप्रमुख रहनुभएका संयोजक कँडेलले नगरवासीलाई छिटो र छरितो न्याय दिन नगरपालिका तयार सक्षम भएको बताउनुभयो । न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकांश मुद्दा साँध सिमाना, श्रीमान्–श्रीमतीबीच बेमेल, सासु–बुहारीबीच झगडा, बाबु–छोराबीच झगडालगायत रहेको उहाँको भनाइ थियो । 

अठार वडा रहेको गैँडाकोट नगरपालिकामा पहिले ३० मेलमिलापकर्ता रहेकामा हाल ६० थप्दै ९० जना पुर्याइएको, मेलमिलापकर्ता धेरै भएकाले पनि न्याय सम्पादन छिटोछरितो हुने गरेको र यहाँ परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक कँडेलले बताउनुभयो । 

मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जीतको अनभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरिएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य