2026-09-14 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिपायलमा बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या

माघ १०, डोटी | दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ । 

विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन । 

ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन । फोहरै फोहरले भरिएको शौचालय र शौचालय जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।” 

बसपार्क वरिपरिको ढलनिकास कार्यसमेत व्यवस्थित छैन र ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्र्किङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेज डुम्रेलले बताउनुभयो । बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ । बसर्पाक अव्यवस्थित हुँदा बर्सात्को मौसममा समान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ । 

गाडीचालक चक्र भण्डारीले भन्नुभयो, “बसपार्क सञ्चालकहरुले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” बसपार्क सञ्चालकहरुले सडकमा गुड्ने गाडीहरुबाट पनि शुल्क असुल्ने गरेको दाबी गर्दै भण्डारीले भन्नुभयो, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वाभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क असुल्नु गैरकानूनी हो ।” 

दीपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भए तापनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले