२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा ‘सोरठी’ संरक्षणमा जुट्दै मगर समुदाय

१० माघ २०७५, बिहीबार ०७:२३

कमल खत्री | माघ १०, बेनी | म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ वर्षीय प्रदीप पाइजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने यो नाच लोपोन्मुख भएपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाइजाले मादले मारुनी नाच सिकेका हुन् । 

बेनीस्थित लिटल गार्डेन एकेडेमीमा कक्षा २ मा अध्ययनरत पाइजाले तीन महिना अघि गाउँमा आफ्नो ठूलो बुबामार्फत पुख्र्यौली नाच सिकेका थिए । “गाउँमा हरेक कार्यक्रममा पुख्र्यौली नाच्ने चलन छ, स–सानाले पनि यस्तो नाच सिक्नुपर्छ भनेपछि मैले पनि सिकेको हुँ,” माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा आयोजित कार्यक्रममा पुख्र्यौली नाच्दै गरेका पाइजाले भने । 

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई जीवन्त राख्न यहाँका मगर समुदाय जुटेका छन् । मगर समुदायको बाहुल्य रहेको म्याग्दीमा यतिबेला युवा पुस्ता पुख्र्यौली नाचतर्फ आकर्षित भएका छन् । 

नाच देखाउन थालेपछि कतिपय मानिस काम्न शुरु गर्ने अनौठो विशेषता बोकेको पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरुबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न पहल थालिएको हो । पहिलो पटक सार्वजनिक कार्यक्रममा मारुनीको भूमिकामा नाचेका अन्नपूर्ण गाउँपालिका–३ दानाका १६ वर्षीय युवक सन्तोष पुन मनोरञ्जन र रमाइलो सँगै पुराना संस्कृति जोगाउन आफूले नाच सिकेको बताउँछन् । 

पाइजा र पुन प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाका हिस्तान, राम्चे, नारच्याङ्, शिख, काफलडाँडा, नागी, रिम, टिकोट, औल, घराम्दी, दोसल्ले, खिवाङ, दग्नाम, चिमखोला, लगायतका ठाउँमा नयाँ पुस्ताले पुख्र्यौली नाच नाच्न थालेका छन् । केही वर्ष अघिसम्म बूढापाकाहरु मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेको दानाका पुराना कलाकार मन बहादुर पाइजाले बताए । 

आफ्नो मौलिक कला, भाषा र वेशभूषा संरक्षणका लागि नेपाल मगर सङ्घले अभियान थालेपछि अहिले पुख्र्यौली नाच संरक्षण अभियानले तीव्रता पाएको छ । हराउँदै जान थालेको पुख्र्यौली लगायतका मौलिक संस्कृतिलाई पाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न लागिपरेको मगर सङ्घ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए । 

अध्यक्ष थजालीले भने – “भाषा, कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो । विभिन्न अवसरमा तालीम चलाएका छौँ । केही नयाँ पुस्ताले शीप र क्षमताको विकास पनि गरेका छन् । पुख्र्यौली संस्कृतिबारे थप तालीम सञ्चालन गर्ने योजना बनाएका छौँ ।” मगर सङ्घले दुई वर्ष अघि बेनीमा पुख्र्यौली कला र संस्कृति संरक्षणका लागि दोस्रो पुख्र्यौली नृत्य प्रतियोगिता नै सम्पन्न गरेको थियो । 

बेनी बजारको पिपलचोकका चन्द्र बहादुर गर्वुजा उमेरले ६५ वर्ष लागे । राम्चे गाउँबाट बेनीमा बसाइँ सरेपछि उनले विगत १० वर्ष अघि पुख्र्यौली नाच सिकेका थिए । नयाँ पुस्तामा पुख्र्यौली संस्कृतिबारे रुचि नै नभएको देखेपछि उनले पुराना कलाकारहरुको सङ्गतबाट मारुनीको भूमिकामा नाच सिकेका हुन् । 

“पुर्खाले सिर्जना गरेको संस्कृतिको संरक्षणका लागि म अहिलेसम्म नाच्दै आएको छु, नवप्रवेशी युवालाई पनि नाचको ताल, सोरठीका भाकाहरु सिकाउन थालेको छु, अहिले केही युवा यसप्रति आकर्षित पनि छन्,” गर्वुजाले भने । पुस्तौंदेखि मगर समुदायमा हुने विवाह, व्रतबन्ध, भोजभतेरहरुमा पुख्र्यौली नचाउने चलन रही आएको छ । यस्तो संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रमहरुमा नाच देखाउने गरेको मादले कलाकार थमप्रसाद गर्वुजा (थमन)ले जानकारी दिए । सोरठी गीत निकै लामो हुने गर्छ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । सोरठी अर्थात् पुख्र्यौली ७ रात ७ दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता छ । 

युवा जमात वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवा पुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा जुटेको मगर सङ्घ म्याग्दीका सचिव लोकेश पुनमगरले बताए । “पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्, युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउनेतर्फ सङ्घ दत्तचित्त छ,” – उनले भने । 

पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा-टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् । विशेष गरी यो नाच शुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् । तर, पूर्ण रुपमा अचेत नभए पनि स्वतःस्फूर्त रुपमा मादलको तालले उनीहरुका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्यौली नाच्ने कालकारहरुको भनाइ छ । 

नाच शुरु हुनु पूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न शुरु गर्नेहरुमा मादलको २२ ताल पुगेपछि मात्रै आफैं कम्पन हराउने गरेको पाइन्छ । नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही केही पत्याउनै गार्यो पर्ने गरी एक्कासी काम्न शुरु गर्ने यो नृत्यको अनौठो विशेषता हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य