Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको कोल्टी क्षेत्र सञ्चारविहीन, बैंकलगायत सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज प्रभावित

२०७५, १० माघ बिहीबार ०८:३८

माघ १०, बाजुरा | जिल्लाको उत्तरपूर्वी कोल्टी क्षेत्रको टेलिफोन सेवा अवरुद्ध भएको छ । लगातारको हिमपातले कालाजग्रामा रहेको रेडियो रिपिटर टावरमा सौर्य विद्युत् आपूर्ति कमी भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ । विगत तीन महीनादेखि त्यस क्षेत्रमा टेलिकमका सबै सेवा आंशिकरूपमा मात्रै सञ्चालन भएको शिक्षक धीरबहादुर दानीले गुनासो गर्नुभयो । 

“टेलिकमले दिँदै आएको सम्पूर्ण सेवा घाम लागेपछि मात्र सञ्चालन हुने गरेका थिए, हिजोआज पानी परेकाले टेलिकमका कुनै पनि सेवा सञ्चालन भएका छैनन्”, शिक्षक दानीले भन्नुभयो । दिउँसो घाम लागे मात्र आफन्तसँग फोनमा कुराकानी गर्न पाइने र बिहान र बेलुका इन्टरनेट चलाउन पनि समस्या भइरहेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ । कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका छन् । 

कोल्टी क्षेत्रलाई लक्षित गरी बडीमालिका नगरपाकिा–७ स्थित कालाजग्रा, बूढीनन्दा नगरपालिका–२ कोल्टी–१ बाँधुमा निर्माण गरिएको टेलिकमका सव–स्टेशन टावरले काम नगरेको उपभोक्ताको गुनासो छ । टेलिफोन र इन्टरनेटले राम्रोसँग काम नगर्दा उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तह, बैंकलगायतका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । टेलिकम शाखा कार्यालय बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले त्यस क्षेत्रमा टेलिकमका सेवा अवरुद्ध हुनुको कारण सोमबारदेखिको लगातारको हिमपात र वर्षाले सौर्य ऊर्जामा समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ