२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका ३० वडा सचिवविहीन, दुई वडाको काम एक सचिवको भरमा

११ माघ २०७५, शुक्रबार ०५:३२

माघ ११, बेझाड | पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् । तीस वडामा बसेर काम गर्ने वडा सचिव नहुँदा कामकाजमा समस्या परेको सम्बन्धित स्थानीय तहका प्रमुखहरू बताउँछन् । वडा सचिवविहीन बनेका केहीमा सामाजिक परिचालक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । 

रामपुर नगरपालिकाको १० मध्ये हाल छ वडामा मात्र वडा सचिव रहेका छन् । हाल वडा नं १, ३, ४, ५, ६ र ७ मा मात्र वडा सचिव छन् । वडा नं २ मा खाली भएपछि वडा नं १ का सचिव तारानाथ पोखरेलले दुई वटै वडा हेर्दै आउनुभएको छ । वडा नं ५, ६, ७, ८, ९ र १० को पञ्जीकरणको काम भने नगरपालिकाको कार्यालयबाटै हुने गरेको छ । पञ्जीकरण दर्ता वडामा हुने र प्रमाणित गर्न नगरपालिका कार्यालयमा धाउनुपर्ने हुँदा वडावासीलाई समस्या भएको छ । 

वडा नं ५ र ६ मा अस्थायीरूपमा कार्यरत वडा सचिव छन् । नगरपालिकाका जिन्सी शाखा प्रमुख केशवराज पौडेलले वडा नं ७ र ८ तथा प्रशासन शाखा प्रमुख डिलबहादुर भुजेलले वडा नं ९ र १० को सचिवको जिम्मेवारी पनि सम्हाल्दै आइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख ज्ञानराज कोइरालाले बताउनुभयो । “कर्मचारी अभावमा दुई कर्मचारीलाई नगरपालिकाको कार्यालयका काम र चार वडाका कामको जिम्मेवारी दिइएको छ”, कोइरालाले भन्नुभयो । तानसेन नगरपालिकाका १४ वडामध्ये एउटाबाहेक सबै वडामा वडा सचिव रहेका छन् । ९ र १० वडामा एक सचिवले काम गरिरहेका छन् । 

माथागढी गाउँपालिकाका आठमध्ये दुई वडामा मात्र वडा सचिव छन् । हाल वडा नं ४ झडेवा र ८ को बहादुरपुरमा बाहेक अरु सबैमा वडा सचिवविहीन छ । खाली रहेका वडामा गाउँपालिकाका कर्मचारीलाई पालैपालो हप्ताको एक÷दुई दिन वडामा खटाएर काम गर्ने वातावरण मिलाएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगर बताउनुुहुन्छ । 

बगनासकाली गाउँपालिकाका नौ वडामध्ये ३ नंमा बाहेक सबै वडामा वडा सचिव छन् । खाली रहेको वडाको कामकाज २ नं वडा कार्यालयका सचिवलाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो । त्यस्तै रम्भा गाउँपालिकाका पाँचमध्ये एक वडामा सचिव छैनन् । खाली रहेको वडा नं ५ मा ४ नं वडासचिवबाट कामकाज भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

पूर्वखोला गाउँपालिकाका छ वडामध्ये चार वटामा वडा सचिव छन् । चार सचिवले छ वडा हेर्ने व्यवस्था गरी वडा कार्यालयको कामकाज भइरहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापा बताउनुभयो । यस्तै निस्दी गाउँपालिकाका सातै वडामा सचिव नहुँदा विभिन्न शाखाका कर्मचारीले धान्दै आइरहेका छन् । वडा नं १ मा खानेपानी प्राविधिक, २, ३, ६ र ७ मा स्वास्थ्यकर्मी, ४ मा गाउँपालिकाका जिन्सी शाखाका नायब सुब्बा नोलबहादुर थापा, ५ मा वडा कार्यालय सहायक एकराज अर्यालले हेर्ने व्यवस्था मिलाइएको छ । “कर्मचारी पदपूर्ति नहुँदासम्म विभिन्न शाखाका कर्मचारी परिचालन गरेका छौँ, कामकाज रोकिएको छैन”, गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भन्नुभयो । 

यसैगरी रिब्दीकोट गाउँपालिकाका आठ वडामध्ये हाल चार वडामा मात्र वडा सचिव छन् । वडा नं ४ र ५ मा एक, ७ र ८ मा एक र वडा नं ६ मा तिनाऊ गाउँपालिका मस्यामका वडा सचिवले हेर्दै आएका छन् । वडा नं २ मा भने आलोपालो मिलाएर हेर्ने व्यवस्था रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । 

रैनादेवी छहरा गाउँपालिकाको आठमध्ये चार वडामा मात्र वडा सचिव छन् । वडा नं १ का वडासचिवले ३, वडा नं ५ वडाका सचिवले वडा नं २, ६ नं वडाका सचिवले ७ र वडा नं ८ मा गाउँपालिका कार्यालयका कर्मचारीबाटै कामकाज भइहेको अध्यक्ष रामबहादुर कार्की बताउनुहुन्छ । 

तिनाऊ गाउँपालिकामा छ वटै वडामा भने वडासचिव कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउनुहुन्छ । जिल्लाका विकट र दुर्गम क्षेत्रमा घण्टौँ समय लगाएर वडा कार्यालयमा सेवा लिन पुगेका नागरिकले कर्मचारी अभावमा समस्या झेल्न बाध्य छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला