२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

२०७५, ११ माघ शुक्रबार ०७:४५

प्रमिला घिसिङ | माघ ११, रामेछाप | रामेछापको मन्थली नगरपालिका १०, चनखुमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम एवम् शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ |

'तामाङ भाषा, कला, धर्म, संस्कृति हाम्रो पहिचान यसको संरक्षण एवम् सम्बर्द्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथमा रामेछाप जिल्लाको मन्थली नगरपालिका-१० चनखुमा यही माघ २२ मा सो कार्यक्रम हुन् लागेको हो |

" युवाहरु सब एक हौँ – आफ्नो गाउँ आफैं बनाउ" भन्ने उदेश्यको साथमा हयाङ्ला ह्युल सामुदायिक संस्थाले सो कार्यक्रम आजोजना गरेको हो |

संस्थाले गत बर्ष वृहत साँस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरि आफ्नो पहिलो वार्षिक उत्सब मनाइएको थियो | त्यसलाई निरन्तरता दिदैं संस्थाले यस वर्ष पनि वृहत साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो | कार्यक्रम लामा गुरुहरुबाट पुजापाठ गरि शुरु गर्ने आयोजक संस्थाका सचिव मोतिराज तामाङले जानकारी दिनुभयो | सचिव तामाङका अनुसार कार्यक्रमका मुख्य आकर्षणहरु बोन्बो नाँच, गान्बा नाँचका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ | कार्यक्रममा जिल्लाका केन्द्रीय स्तरका जनप्रधीनिधिहरूको समेत सहभागी हुने भएका छन् |

'तामाङ जातिको पहिचान नै आफ्नो कला, धर्म, संस्कृति  र भेषभुषा भएकोले यसलाई जोगाई राख्नु युवाहरुको दायित्व भएको संस्थाका अध्यक्ष्य कुलमान योन्जन (तामाङ) ले बताए | 

आयोजक संस्थाको कोषाध्यक्ष बसमया तामाङले कार्यक्रममा उपस्थितिको लागि रामेछाप जिल्लावासिहरु सबैलाई आग्रह समेत गर्नुभएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल