२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा किबी खेतीतर्फ कृषक आकर्षित

२०७५, ११ माघ शुक्रबार ०८:०३

माघ ११, म्याग्दी | व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ ।

केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय– ३ ले त्यहाँका ४२ घरधुरी कृषकलाई ८१५ कलमी गरिएका किबीका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । 

छाप, भुकभुके, सीम, मुसुङ र डोलेका कृषकलाई प्रतिव्यक्ति ९ देखि १४५ सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट प्रतिबिरुवा रु ११० मा चार सय र निजी नर्सरीबाट रु ३५० का दरले ४१५ गरी कुल ८१५ बिरुवा खरीद गरिएको थियो । 

सङ्घीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले किबीखेती विस्तारका लागि रु तीन लाख बजेट विनियोजन गरेको थियो । लहरा प्रजातीको किबी समुद्री सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिन्छ । व्यावसायिक महत्व बुझ्नुका साथै आम्दानीको राम्रो सम्भावना भएकाले किबी खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ । 

बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किबी प्रतिकिलो रु चार सयका दरले बिक्री हुने गरेको छ । स्वादिलो, धेरै पौष्टिक तत्ब पाइने र स्वस्थ्यकर मानिने किबीको मुख्य उपभोक्ता पर्यटक, विदेशमा रहेका र त्यहाँबाट फर्किएका नेपाली हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते