२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली भयो !’

२०७५, ११ माघ शुक्रबार ०८:१५

माघ ११, खोटाङ | भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै । 

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुग्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी केही वर्ष पहिलेसम्म गाउँकै सबैभन्दा बलिया युवा हुनुहुन्थ्यो । 

हात खुट्टा छँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल पु¥याउनेदेखि गाउँमा नयाँ घर बनाउनेका लागि सिङ्गो निदाल काँधमा हाल्ने हरिकाजी मात्रै हुनुहुन्थ्यो । त्यही साहसिक व्यक्ति भएकै कारण हरिकाजीले विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रमा तार तान्नेदेखि पोल ठड्याउने र मिलाउने प्राविधिकको जागिर पाउनुभएको हो । 

सबै मानिसका लागि उज्यालो दिन बनाइएको विद्युत् अहिले ३७ वर्षीय हरिकाजीको जीवनका लागि भने अहिले अन्धकार छाउने माध्यम बन्न पुगेको छ । अरुलाई उज्यालो दिन बिजुलीको तार जोड्न पोलमा चढ्नुभएका हरिकाजीले करेन्ट लागेसँगै दुवै हात र एउटा दाहिने खुट्टा गुमाउनुभएको हो । 

करेन्टले डढेर हातखुट्टा पग्लिएपछिको उहाँको हातखुट्टा प्लास्टिकको डण्डी जस्तै देखिन्थ्यो । हरिकाजीलाई बचाउन काठमाडौँस्थित विएण्डबी अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाँहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे । 

उमेर ढल्कँदै गएको बुबाआमाका साथमा बस्नुभएका हरिकाजीको त्यो बेला श्रीमतीको पेटमा हुर्कदै गरेको नासो थियो । दुर्घटनामा परेको केही महीनापछि हरिकाजीका श्रीमती सीताले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिनुभयो । 

आँखाबाट आँसु बगाउँदै हरिकाजीका श्रीमती सीताले भन्नुभयो, “उहाँको शरीर मात्र बचाउन सके पनि ठूलो प्राप्ति भएको छ”, उहाँले थप्नुभयो, “अहिले देब्रे खुट्टाका केही औँलासमेत छैनन् । दुई हात र दाँहिने खुट्टाको माथिल्लो भागमै काटेर फालिएको चार वर्ष भयो । अहिले उहाँ शरीर मात्र लिएर बाँचिरहनुभएको छ । सारा गाउँबस्ती उज्यालो पार्न हिँड्नुभएका उहाँको अहिले जीवन नै अन्धकार भएको छ ।” 

शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिका नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । 

वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहाराविहीन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् । 

हरिकाजीको परिवारलाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा रहेको बचत हिसाब नं ११२००२१९७३१० गर्न सकिने छ । 

घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैंक खाता खोलिएको हो । कमाएर ल्याउने हरिकाजीकै हालत यस्तो भएपछि उनीहरुका आँखा अहिले ओभाएका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित