By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सडक निर्माणले मासियो पदमार्ग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > तेह्रथुम - TRT > सडक निर्माणले मासियो पदमार्ग
तेह्रथुम - TRTसमाज

सडक निर्माणले मासियो पदमार्ग

साझासवाल
Last updated: January 25, 2019 9:49 am
साझासवाल
8 Min Read
Share

प्रकाश धौलाकोटी | माघ ११, तेह्रथुम | प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक निर्माणका कारण पदमार्ग मासिएको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । 

राष्ट्रिय फुल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले समेत चिनिन्छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग सडक निर्माणले मासिएपछि अहिले खासगरी विदेशी पर्यटकहरुको आवागमन पातलिएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण टिएमजे क्षेत्रको व्यवस्थापन र पर्यटकीय माहोल निर्माणमा पर्याप्त ध्यान पुग्न नसक्दा यो गन्तव्य ओझेलमा परेको हो ।

सडक निर्माणले वर्षौंदेखि पैदल हिँड्न प्रयोग हुँदै आएको पदमार्ग मासिएको मादी नगरपालिकाको चौकीबजारका व्यवसायी उदयकुमार तामाङ बताउनुहुन्छ । पैदल हिँड्ने बाटोसँगै सडकको ट्र्याक खोलिएपछि सडकमा उड्ने धुलोले पैदल यात्रुलाई हतोत्साही बनाएको छ । सडकमा सुविधायुक्त र साना सवारीका साधन गुड्दैनन् । यहाँको प्रकृति र सुन्दरतासँग रमाउँदै पैदल हिँडेर टिएमजे छिचोल्दै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन, तमोरमा र्याफ्टिङ, कञ्चनजंघा, मकालु लगायत हिमशृंखलाको अवलोकन गर्ने उद्देश्यले आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । 

सडकले ती क्षेत्रका बासिन्दालाई उपभोग्य सामान ढुवानीदेखि आवतजावतमा सहज बनाइदिएको भए पनि पैदल हिँड्दै प्रकृतिसँग रमाएर मनोरञ्जन लिन चाहने पर्यटकहरुले प्रयोग गर्दै आएको पदमार्ग भने मासिएको हो । “सडक बनेपछि सवारी त गुडे तर, मान्छे नै आउन छाडे,” चौकीबजारका व्यवसायी तामाङले भन्नुभयोे । सडकले सुविधा पुगे पनि यो क्षेत्रको सुन्दरता क्रमशः नासिँदै गएको उहाँको तर्क छ । “सडक छ, गाडी गुड्छन् तर, हामीलाई यसले फाइदा दिएन,” गुफाबजारका व्यवसायी हरि खनालले भन्नुभयो । 

तेह्रथुमको वसन्तपुरदेखि टुटे, घुर्मिसे, तीनजुरे, संखुवासभाका चौकी, मंगलबारे, गुफा हुँदै ताप्लेजुङको साँघुसम्म अहिले दैनिक बस, ट्याक्सी लगायत सवारीका साधनहरु पुगिरहेका छन् । सडकले आवतजावतका लागि सहज भए पनि यो क्षेत्रको पर्यटकीय सुन्दरता मासिँदै गएको खनालले बताउनुभयो । 

सडक बनेपछि आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको छ । कोशी राजमार्गको धरान–धनकुटा हुँदै वसन्तपुरबाट एकै दिनमा तीनजुरेसम्म पुगेर फिर्नेको सङ्ख्या बढेको छ । वसन्तपुरसम्म कालोपत्रे सडक भए पनि यहाँ भन्दा माथि कच्ची सडक भएर यात्रा गर्नुपर्छ । पर्याप्त सवारीका साधन छैनन् । साना सवारी गुड्दैनन् । चाहिएका बेला घुम्न आउने पर्यटकले भाडाका सवारी पाउँदैनन् । 

पैदल हिँडेर माथिसम्म पुग्न धुलाम्मे सडकलाई छिचोल्नुपर्छ । सडकले यहाँको प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर पु¥याएको वसन्तपुरका पर्यटन व्यवसायी छिरिङ लामा बताउनुहुन्छ । “पहिले वर्षेनी हजारौँको सङ्ख्यामा विदेशी पर्यटक आउथे, पैदलै यी क्षेत्र घुमेर कञ्चनजंघासम्म पुग्थे,” उहाँ भन्नुभयो – “तर, यहाँका सडकमा गाडी कुद्न थालेपछि विदेशी पर्यटकहरु देखापरेका छैनन् ।” 

विदेशी पर्यटकहरु आउँदा वसन्तपुरबाट गुफासम्म पुग्नै तीन दिन लगाउँथे । यहाँका हरेक पाँच किलोमिटरको दूरीमा रहेका लेकाली बजारमा होटल खोल्ने र स्थानीय उत्पादनको व्यापार गर्नेहरुको व्यवसाय फस्टाएको थियो । तर, अहिले सडक बनेपछि यहाँका कोही पनि बस्दैनन् । यहाँ व्यवसाय गर्नेहरु पलायन भएका छन् । जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको पर्यटन व्यवसायी लामाको बुझाइ छ । 

त्यसो त सडकले पर्यटकलाई आवतजावत गर्न पनि सहज बनाइदिएको छ तर, यहाँको भूगोल र वातावरणलाई ध्यानमा राख्दा वसन्तपुरदेखि माथि पैदलै यात्रा गर्नु मै आनन्ददायी हुने उहाँको तर्क छ । पदमार्ग भएर आउने पर्यटक प्रभावित भएपछि यहाँका अचुक सम्भावना बोकेका गन्तव्यहरु छायामा परेको लामा बताउनुहुन्छ । यो क्षेत्र नेपाल पर्यटन वोर्डले पूर्वी नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमध्येमा सूचीकृत गरेको क्षेत्र पनि हो । अझै, पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको १०० गन्तव्यको सूचीमा समेत यो क्षेत्र परेको छ । 

सरकारले गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि अध्ययन गरिरहेको भए पनि यहाँको पदमार्ग जोगाउनेतर्फ कसैको ध्यान गएको छैन । सडक निर्माणका कारण यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मासिँदा पर्यटन व्यवसाय नै प्रभावित भएकोे पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “वर्षको छ महिना कुमारी रहने यो क्षेत्रको महत्व पदमार्गबाट यात्रा गरे मात्र थाहा हुन्छ तर, त्यो अब मासिँदैछ ।” अहिले वसन्तपुरदेखि ताप्लेजुङको दोभान जोडिने सडक मदन भण्डारी लोकमार्गको रुपमा निर्माणाधीन छ । निर्माणाधीन सडकमा सवारी गुडाउँदा आसपासको पर्या–पर्यटनमा प्रत्यक्ष असर पुगेको र कुरुप बन्दै गएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । यहाँको पदमार्ग मासिएपछि बाह्य देशबाट आउने पर्यटकहरुले अन्यत्रैबाट आउजाउ गर्न थालेका छन् । 

विश्वमा ४२ प्रजातिका गुराँसहरु पाइने बताइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये पनि यस क्षेत्रमा मात्रै २८ प्रजातिका गुराँस पाइनाले यो क्षेत्र विश्वभर चर्चित छ । हरेक वसन्त ऋतुसँगै गुराँस फुलेर यहाँका डाँडाकाँडा र वनपाखा रङ्गीचङ्गी बन्ने गर्छ । लेकाली जनजीवन, गुराँस फुल्दा मात्रै हैन, प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा पनि उत्तिकै रमणीय छ । यो क्षेत्र बाह्रै महिना पर्यटकहरु आउने क्षेत्र पनि हो । तर, यथेष्ट सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमन अत्यन्तै न्यून बन्दै गएको छ । बा¥है महिना अध्ययन, अवलोकन र पैदल यात्राका लागि उपयुक्त मानिने यो क्षेत्रका अधिकाँश भू–भाग एउटै उचाइमा छ । करीब दुई हजार देखि ३ हजार ३०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्रका अनेकन विशेषताहरु छन्, जुन उजिल्याउनै बाँकी छ । 

चैत–वैशाखमा यो क्षेत्र विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेर ढकमक्क हुन्छ । अन्य समयमा यहाँका डाँडा–काँडा, पाखा–पखेरा, सुन्दर प्राकृतिक पोखरीहरु, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिहरु, आकर्षक मकालु र कञ्चनजंघा सहितका हिमशृंखलाको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । यहाँका लेकाली–हिमाली जनजीवनसँगै चौंरीपालन र भेंडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ । 

यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पाइन्छ । झण्डै १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ जातिको परम्परा, संस्कृति, वेशभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् । 

विशेषगरी यो क्षेत्रमा हरेक वर्ष साउनदेखि जेठसम्म पर्यटकको भीड लाग्छ । यहाँको पदमार्ग भएर पर्यटकहरु भदौदेखि पुससम्म ओहोरदोहोर गर्छन् तर, अहिले सडकले पदमार्ग प्रदूषित बनाएपछि पदमार्ग मासिन पुगेको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो – “सडक छन्, सवारी छैनन् । सडक कच्ची छ । त्यसैले होला, पर्यटकको सङ्ख्या पनि घटेको छ ।” त्यसो त यो क्षेत्रमा वार्षिक कति पर्यटक आए भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । गुफाबजारमा गत वर्ष मात्रै स्थानीय युवाकै अगुवाइमा पर्यटन सूचना केन्द्र खोलिएको छ । केन्द्रलाई व्यवस्थित गर्न बाँकी रहेको केन्द्रका सचिव सन्तोष लिम्बुले बताउनुभयो । 

नेपाल प्रहरीले वसन्तपुर, टुटे र गुफाबजारमा पर्यटकको आगमनबारे सङ्कलन गरेका तथ्याङ्कलाई नै आधिकारिक मान्ने गरिएको छ । सरकारी लगानीबाट पर्यटकहरुका लागि सूचना दिन केन्द्र स्थापना गर्ने भनेर भवन निर्माण गरिए पनि लालीगुराँस नगरपालिकाको केन्द्रमा निर्माण भएको सो भवन वर्षौंदेखि प्रयोगविहीन छ । यहाँ आउने अधिकाँश मानिसहरु यहाँको खास महत्व नै बुझ्न नपाई फिर्न बाध्य रहेका छन् । 

यो क्षेत्रमा विगतमा जस्तो विदेशी पर्यटक आउन छाडेका इलाका प्रहरी कार्यालय गुफाबजारले जनाएको छ । प्रहरीका अनुसार पहिले ५०–६० जनाको समूहमा आउने विदेशीहरु अहिले भने छिटफुट मात्रै देखिन्छन् । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेविसंघका महामन्त्री कुन्दन काफ्ले सहित ३० जना पक्राउ
Next Article विश्वकै सबैभन्दा सस्तो कार टाटा नानोको उत्पादन बन्द गर्ने घोषणा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

इलाम - ILMसमाज

ईलाममा गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ

57 years ago
महोत्तरी - MHTसमाज

सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी

57 years ago
मुगु - MGसमाज

मुगुमा यार्सा सिजन सुरू, डेढ दर्जन विद्यालयहरु बन्द

57 years ago
समाज

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक, के के छन् ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?