२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश कुष्ठरोग निराकरणतर्फ उन्मुख

२०७५, ११ माघ शुक्रबार १२:२४

माघ ११, सुर्खेत । कर्णाली प्रदेशमा विगत वर्षभन्दा कुष्ठरोगका विरामीहरुको संख्यामा कमी आएको छ ।  प्रदेशका १० जिल्ला तथ्याङ्कअनुसार कुष्ठरोगका नयाँ थपिने विरामीहरुको संख्यामा विस्तारै न्युनिकरणतर्फ उन्मुख भएको हो ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो तथ्याङ्क आर्थिक वर्ष २०७२।०७३ को तुलनामा कम हो । २०७२।०७३ मा कर्णालीका नौं जिल्लामा नयाँ भेटिएका कुष्ठरोगीको संख्या ११९ जना थियो । तर चालु आर्थिक वर्षको हालसम्म ११५ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी विरामीको नै नभएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए । उनका अनुसार तीन जिल्लामा कुष्ठरोगीको संख्या पत्ता लागेको छैन् । ६६ औं कुष्ठरोग दिवसको पुुर्वसन्ध्यामा स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले तीन जिल्लामा कुष्ठरोगी फेला नपुर्नको कारण खोजी नगरेकाले भएको हुनसक्ने बताए । ‘हामीले त्यहाँ गएर खोजी गरेका छैनौं’ उनले भने, ‘खोजी गरे त्यहाँ पनि भेटिन सक्छन् ।’ सबैभन्दा बढी नयाँ कुष्ठरोगी सल्यानमा फेला परेका छन् । सल्यानमा गत आर्थिक वर्षमा ३२ जना कुष्ठरोगी फेला परेका छन् । त्यस्तै रुकुम पश्चिममा २१ जना फेला पर्दा जाजरकोटमा २४ र सुर्खेतमा २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यस्तै, दैैलेखमा ७, कालिकोटमा १० र मुगुमा तीन जना फेला परेको केसीले जानकारी दिए । 

कुष्ठरोग अब सामान्य भइसकेको बताउँदै केसीले कुष्ठरोगबारे जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको जानकारी दिए । कर्णालीमा कुष्ठरोग निराकरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको केसीले जानकारी दिए । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने गर्दछ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विनोद आचार्य बताउँछन् । उनका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रंगको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिख्राहरु देखा पर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशीहरु कमजोर हुने गर्दछन् । ‘कुष्ठरोगलाई न्युनिकरण गर्न कुष्ठरोगका विरामीहरु खुल्नमा डराउनु हुँदैन्’ आचार्यले भने, ‘जनस्तरमा अझै पनि कुष्ठरोग लागेमा लुकाउने संस्कार कायम रहेकाले सचेतनामुलक अभियान पनि चलाउन आवश्यक छ ।’ कुष्ठरोग भएमा कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले एक वर्षसम्म औषधी सेवन गरे निराकरण हुने आचार्यले उल्लेख गरे । नेपालमा हाल दश हजार जनामध्य एक जनालाई कुष्ठरोग संक्रमण भएको पाईएको निर्देशनलयले जनाएको छ । तर सरकारले सन् २०२० सम्म उक्त संख्यालाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । यसैविच, स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले ६६ औं विश्व कुष्ठरोग दिवस ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’ भन्ने नाराका साथ भोली (आईतबार) मनाउन लागेको छ । दिवसमा सचेनामुलक कार्यक्रमहरु सञ्चालन गरिने निर्देशनालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते