Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पाका एक व्यक्ति होटलको कोठामा मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ११, काठमाडौँ (रासस) | रोल्पाका एक व्यक्ति काठमाडौँस्थित होटलको कोठाभित्रै मृतावस्थामा फेला परेका छन् ।&nbsp;<br></p><p>काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित न्यू राप्ती सुपरलजको २०४ नम्बर कोठामा रोल्पा जस्पुर घर भएका करीब ४५ वर्षीय वीरबहादुर विक मृत भेटिएका महानगरीय प्रहरी प्रभाग गोङ्गबुका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिनुभयो ।&nbsp;</p><p>यही माघ ६ गतेदेखि उक्त होटलमा बस्दै आएका विक सुतेको ठाउँ नजिक सातवटा मदिराका बोतल भेटिएकाले अत्यधिक मदिरा पिएका कारण ज्यान गएको अनुमान गरिएको केसीले बताउनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको साथबाट पासपोर्टसमेत फेला परेकाले वैदेशिक रोजगारीका लागि काठमाडौँ आएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शरीरमा भने कुनै घाउचोट देखिएको छैन ।&nbsp;</p>