Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा ट्याक्टरमा जोडिएको बेल्टमा बेरिएर बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १२, सर्लाही | मलंगवा नगरपालिका–९ मा आज सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ट्याक्टर र ट्याङकीको बीचमा लगाएको बेल्टमा बेरिएर एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा मलंगवा–९ का विजय महतोका चार वर्षीय छोरा आयुषकुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । ज १ त ५९१६ नम्बरको ट्याक्टर महतो कै रहेको उहाँले बताउनुभयो । घर छेउमा ट्याक्टरले चर्पी सफा गर्दै गर्दा ट्याक्टरमा जोडिएको बेल्टमा बेरिएर महतोको ज्यान गएको स्थानीय जितेन्द्र महतोले बताउनुभयो ।&nbsp;</p>