२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पत्रकार इच्छुकको गाउँमा सञ्चार सङ्ग्रहालय बनाइने

२०७५, १३ माघ आईतवार ०१:१७

माघ १३, घोराही (रासस) | स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नाममा पत्रकार महासङ्घले इच्छुक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । त्यहाँ पत्रकारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिनेछ भने पत्रकार र पत्रकारितासँग जोडिएका इतिहाससमेत समावेश गरिनेछ । पत्रकार महासङ्घ प्रदेश ५को अगुवाइमा सङ्ग्रहालय स्थापना गरिने महासङ्घले जनाएको छ । 

पत्रकार महासङ्घ प्रदेश ५ले शुक्रबार र शनिबार दुई दिनसम्म अर्घाखाँचीको सितगङ्गा नगरपालिका–८ जलुकेमा आयोजना गरेको ‘सङ्घीय संरचनामा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा प्रदेश ५का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीद इच्छुकको नाममा सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताएपछि महासङ्घ उक्त कार्यका लागि हौसिएको हो । मुख्यमन्त्री पोखरेलले स्व इच्छुक एक अध्ययनशील व्यक्ति भएकाले उहाँको नाममा सञ्चार सङ्ग्रहालयको पहल थालिनु गौरवको काम हो भन्नुभयो । 

पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मुख्यमन्त्री पोखरेल, प्रदेश सांसद इन्द्रतिज थारु, सितगङ्गा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारी एवम् त्यहाँका वडाध्यक्षले स्थलगत अध्ययन गरेर त्यसका लागि काम शुरु गर्ने भने पछि महासङ्घले पनि यसका लागि प्रक्रिया शुरु गर्ने गरी निर्णय गरिसकेको जानकारी दिनुभयो ।

इच्छुक सङ्ग्रहालयमा इच्छुकको नाममा स्मृति पार्क, सालिक बनाइने छ भने सञ्चार भवन निर्माण गरी सञ्चारसँग सम्बन्धित सबै विषयवस्तु राखिने छ । 

महासङ्घ अध्यक्ष आचार्यका अनुसार पत्रकारलाई आवश्यक पर्ने तालीम केन्द्र, बस्नका लागि आवास, पत्रकारका लागि अध्ययन सामग्री पनि राखिनेछ । 

सङ्ग्रहालय निर्माणका लागि पत्रकार महासङ्घ प्रदेश ५का प्रमुख मौसम रोकाको संयोजकत्वमा समिति गठन गरेर काम अगाडि बढ्ने छ । इच्छुकको गाउँ राप्तीको किनारामा भएको हुँदा सङ्ग्रहालय निर्माण पछि उक्त क्षेत्र निकै राम्रो पर्यटकीय क्षेत्र बन्ने सम्भावना देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना