२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

उच्च हिमाली जिल्ला मुगुमा चिसोबाट प्रभाबितलाई कम्वल बितरण

१६ माघ २०७५, बुधबार १७:३८

दान बहादुर बुढा | माघ १६, मुगु | उच्च हिमाली जिल्ला मुगुमा माघको पहिलो साताबाट हिमपात हुँदा निकै चिसो बढेको छ । चिसोबाट मानवीय क्षेती हुन सक्ने अबस्था भएको हुँदा चिसोबाट बच्नको लागी कम्बल बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुले बुधबार एक कार्यक्रम गरी जिल्ला भरीका असहाय गरीव, बिपन्न  परिवार, अपाङ्ग र चिसोबाट बच्नको लागी गृहमन्त्रालयको आर्थिक सहयोगमा प्रति व्यक्तिलाई एक कम्बल र एक तन्ना गरि जिल्ला भरीका एक सय जनालाई बितरण गरीएको गृहमन्त्रलयबाट आएको ५ लाख रुपैयाले प्रति ब्याक्ती ५ हजारका दरले पर्न आउने गरि कम्बल र तन्ना बितरण गरीएको प्रखुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन । 


बृढा बुढी असहाय अपाङ्ग भएका ब्याक्तिहरुलाई बिगतका बर्षहरुमा हिउदका महिनामा बाक्लो कपडा नहुदा चिसोमा कठान्ग्रिएर बस्नु परेको थियो । 

कम्बल र तन्ना पाउदा निकै खुसी लागेको बताउने छायानाथ रारा नगरपालिका बडा नम्बर ६ कोटिला गाँउका बर्ष ७३ का कर्ण बहादुर ऐडीले हिजो आज हिउ परेको हुदा निकै चिसो भएको र अव तातो भएर बस्न पाईने भन्दै खुसि व्यक्त गरे ।  


बाल्यकालैबाट आँखा नदेख्ने मुगु जिल्ला खत्याड गाँउपालिकाका बर्ष ५५ का कल्से लेपाली पनि चिसोले निकै हैरान भईरहेको अवस्थामा कम्बल पाएको भन्दै दंग परे । उनले भने 'बल्ला सरकारबाट आज कम्बल र तन्ना पाउदा अब चिसो बाट बचिने भईयो ।'

मृहमन्त्रालयबाट हिमाली जिल्लामा रहेका चिसो र हिउँमा परि जोखीममा रहेका ब्याक्तिहरुलाई चिसोबाट बच्नको लागी न्यानो बपडा बितरण भए अनुसार मुगु जिल्लाको एक नगरपालिका ती गाँउपालिका मध्य सबै भन्दा बढी छायानाथ रारा नगरपालिका भित्रका मानिसहरुले बढी राहत पाएको स्थानियहरुको गुनासो छ । छायानाथ नगरपालिका भन्दा उच्च भेग भएको र बढी हिमपात हुने तथा चिसो बढी हुने मुगमकामारोङ्ग गाँउपालिका, खत्याड र सोरु गाँउपालिका अन्तरगत उच्च बस्तीमा बढी चिसो हुने भएकोले सरकारले लक्ष्य भन्दा र नगरपालिका भन्दा कम सेवा पाउने हुनकी भन्ने स्थानियहरुको गुनासो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य