२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

दर्ताबिनै सञ्चालन हुन्छन् औषधि पसल

१७ माघ २०७५, बिहीबार ०७:०८

माघ १७, बाजुरा | बाजुराका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालन भएको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता नै नगरी आफूखुशी औषधि पसल सञ्चालन गरिरहेको पाइएको हो । औषधि व्यवस्था विभाग नेपालगञ्जका अनुसार हाल बाजुरामा २० औषधि पसल मात्रै दर्ता गरिएका छन् । 

औषधि पसल तथा मेडिकलको नामले अधिकांश अवैध र अनुमतिबिनै सञ्चालनमा रहेका नेपाल फार्मेसी सङ्घ बाजुराका सचिव भरत बुढाले बताउनुभयो । बुढाका अनुसार जिल्लामा ३०० बढी औषधि पसल अवैध रहेको दाबी छ । 

जिल्लाका नौ स्थानीय तहका ६९ वडाका प्रत्येक गाउँमा औषधि पसल सञ्चालनमा रहे पनि दर्ताको सङ्ख्या धेरै कम रहेको सचिव बुढाको भनाइ छ । बाँकी सबैले अवैध कारोबार गरिरहेको र राज्यलाई खुलेआम ठगिरहेको आरोप फार्मेसी सङ्घको छ । 

मानव स्वास्थ्यजस्तो संवेदनशील विषयलाई ख्यालै नगरी पैसा कमाउने नाममा औषधि पसल खुलेको जनगुनासो बढ्न थालेको छ । भर्खर सिकेका र आवश्यकभन्दा बढी मात्रा औषधि दिने र तत्कालका लागि निको भएको जस्तो देखाउने औषधि बिक्रेताका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्वास्थ्यकर्मीको भनाइ छ । 

फार्मेसी विषय पढेर विभागबाट अनुमति लिएको व्यक्तिले मात्र औषधि पसल राख्न पाउने व्यवस्था छ । तर जिल्लामा ग्रामीण स्वास्थ्य कार्यकर्तादेखि सिएमए, अनमी पढेकाले समेत औषधि पसल खोलेर अवैध कारोबार गरिरहेका छन् । 

औषधि व्यवस्था ऐन, २०३५ विपरीत निजी मेडिकल तथा फार्मेसी सञ्चालन गरिरहेको भए पनि स्थानीय प्रशासन मौनजस्तै देखिएको छ । मेडिकलको हकमा औषधि व्यवस्था विभागको कार्यालय नेपालगञ्जले नियमन र निगरानी गर्ने प्रावधान छ । 

सबै अधिकार औषधि व्यवस्था विभागको भएकाले जिल्ला तहबाटै समाधानको सम्भावना कम हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा रुपचन्द्र विश्वकर्मा बताउनुहुन्छ । दर्ता गरेरै सञ्चालन गरिएका पसलमा पनि स्वयं व्यक्ति नबस्ने र अरुलाई भाडामा प्रमाणपत्र दिएर चलाउने गरेका सङ्घका बाजुरा अध्यक्ष मोहनराज न्यौपानेको भनाइ छ । 

छाउप्रथा बुझ्न सांसद टोली बाजुरामा 

सामाजिक समस्याका रूपमा रहेको छाउप्रथा विषयमा अध्ययन गर्न सङ्घीय संसद्को टोली बाजुरामा आएको छ । सांसद गणेश ठगुन्नाको संयोजकत्वमा छ सांसदको टोली आज बाजुरा आएको हो । 

गत पुस २५ गते राति जिल्लाको बूढीनन्दा नगरपालिका–९ अगाउपानीमा छाउगोठमा तीन आमा छोराको मृत्यु भएसँगै चौतर्फी आलोचनाको विषय बनेपछि संसदीय टोली बाजुरा पुगेको हो । टोलीमा बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापा पनि हुनुहुन्छ । 

टोलीले आज सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा अन्तरक्रिया गर्ने भएको छ । खुला बहसका रूपमा गरिने अन्तरक्रियामा छाउप्रथाको अन्त्यका लागि गर्नुपर्ने प्रयासका बारेमा सबै पक्षबीच छलफल हुने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभएको छ । 

छाउगोठ भत्काउने अभियानसँगै मनको पुरातन सोच हटाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने र राज्यले सचेतनाका लागि लगानी बढाउनुपर्ने विषयमा छलफल केन्द्रित सांसद थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य