Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा ६५ वर्षीय वृद्ध मृत अवस्थामा फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १७ रोल्पा । रोल्पामा ६५ वर्षीय एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

रोल्पा नगरपालिका-४ तित्रीकोटका मदु रावत आफ्नो घर नजिकै मंगलबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेका हुन् । साँझमा घरमा रावत नदेखिएपछि परिवारले खोजि गरेका थिए ।

परिवारले घर वरपर खोजि गर्दा भिरालो जमिनमा मृत अवस्थामा फेला परेका थि ए। घरदेखि करिब ३० मिटर टाढाको भिरालो जमिनमा उनी पल्टिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक रावतको नजिकै मिनरल पानीको खाली बोत्तल फेला परेको थियो । मृतको मुखबाट फिज निस्किएको पाइएको छ । के कति कारणले मृत्यु भएको हो सो बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।