2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा भरुवा बन्दुकसहित ४ जना पक्राउ

माघ १७, दाङ । दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । 

उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । निजहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको पाण्डेले जानकारी दिनुभयो । 

यसैगरी एक नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ रामपुर बस्ने १८ वर्षीय मुकेश विकलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुधबार पाँच वर्षीया बालिकालाई घर नजिकको खोलामा लगी जबर्जस्ती करणी गरेको भन्ने अभियोगमा पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

निज विकलाई पक्राउ गरी मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहको दाङ प्रहरीले जानाएको छ । बालिका उपचारपछि हाल सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले