Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसायमा

२०७५, १७ माघ बिहीबार ११:२९

माघ १७, बेझाड । बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएको छ । 

तीन वर्षको कोरियाको अनुभवले उहाँलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर मिलेको छ । “कोरियामा गरेको दैनिक १२÷१५ घण्टाको दुःख यही दिनमा एक÷दुई घण्टा गरियो भने लाखौँ कमाउन सकिँदोरहेछ”, उहाँले भन्नुभयो । कम लगानीमा थोरै मेहनत गरे पनि लाखौँ यही कमाउन सकिने उहाँ बताउनुहुन्छ । 

गाउँमा खेर गएको खोरिया बारीमा उहाँले बङ्गुर फार्म सञ्चालन गर्नुभएको छ । उहाँको फार्ममा हाल १६ वटा माउ बङ्गुर छ । बङ्गुरको पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

“बिक्रीका लागि अत्यन्त सहज छ, मासुभन्दा पाठापाठी बिक्रीबाट छोटो समयमा धेरै फाइदा लिन सकिन्छ, घरबाटै पाठापाठी धमाधम बिक्री भइरहेको छ”, सारुले भन्नुभयो । 

हाल बङ्गुरको पाठा चार हजार र पाठी तीन हजार ५०० मा बिक्री हुने गर्छ । खर्च कटाएर एक वर्षमा रु चार लाख आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । कोरियाबाट फर्केलगत्तै १५ वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएका सारुले यसलाई दीर्घकालिन समयसम्म निरन्तरता दिने बताउनुहुन्छ । मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति अरब र कोरिया धाउनु पर्दैन । 

वैदेशिक रोजगारीका लागि खर्चने रकममध्येको केही रकम लगानी गरेर कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश