Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 1, 2019 डोटी - DT, समाज

डोटीमा २१ वर्षीया युवती सुतिरहेकै ठाउँमा मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १८, डोटी | डोटीमा एक युवती सुतिरहेकै ठाउँमा मृत फेला परेकी छन् | जिल्लाको पूर्वीचौकी गाँउपालिका ५ की २१ वर्षीया पार्वती बोगटी सुतिरहेकै कोठामा मृत अवस्थामा भेटिएकी हुन् । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा सुतेकी बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता लालबहादुर धामीले जानकारी दिनुभयो ।<br></p><p>राति सुतेको कोठामा मृतक बोगटीले आगो बालेको र कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।</p><p>मृतक बोगटीका श्रीमान शंकर रोजगारीका लागि कोरियामा हुनुहुन्छ ।</p>