२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमकोटमा आजबाट यातायात र बजार बन्द

२०७५, १८ माघ शुक्रबार ०७:३८

माघ १८, रुकुम । रुकुमकोटमा आजबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो । 

रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार पनि ठप्प पारिएको छ । सदरमुकामको विषयलाई लिएर रुकुमकोट र रुकुमकोट आसपासका नागरिक विगत एक वर्षदेखि आन्दोलित छन् । 

रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले विसं २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णयविरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिकले चर्को नाराबाजी, बन्द हड्ताल गरेका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । 

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनः आन्दोलनका कार्यक्रम शुरु गरिएको छ । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च, सरकार र रिट निवेदकलाई पटक–पटक पेशी र साधारण तारिखका लागि बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्च अदालतले आगामी २७ गते बोलाएको छ । 

सोमबारबाट रुकुमकोट बजार क्षेत्रका चोक तथा सिमानामा राके जुलुस, सरकारी कार्यालयमा धर्ना, कोणसभालगायतका कार्यक्रम गर्दै आएका रुकुमकोटवासीले आजबाट यातायातका साधन र बजार ठप्प पारेका हुन् । भौगोलिक दूरीलाई मात्र नहेरी पूर्वाधार र जनसङ्ख्यालाई समेत ध्यानमा राखी सदरमुकाम तोक्न स्थानीयवासीले आग्रह गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु