2026-09-14 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

केबलकारले मजदुरलाई रोजगारी दिने

माघ १८, पर्वत । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो । 

पञ्चासेसँंग जोडिएका साविकका १८ गाउँ विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ । स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पु¥याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । 

कम्पनीमा लगानी गर्न कम्तीमा रु एक लाख लगानी गर्नुपर्छ । रु एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ । 

पर्वतबाट निर्वाचित सबै जनप्रतिनिधि सदरमुकाम कुश्मामा 

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न हुने भएको छ । जिल्ला समन्वय समिति र जिल्लाका सातवटै स्थानीय तहका गतिविधि, कार्यक्रम र विकास निर्माण, बजेट खर्चको अवस्थालगायतका विषयमा समीक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसदद्वय पदम गिरी र लालकाजी गुरुङलगायत प्रदेशका सांसदहरुको सहभागिता हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ