2026-09-13 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अठार वर्षदेखि सिक्रीले बाँधिएर गोठको बास

माघ १९, बर्दिया | गोठ मानिसले आफूले पालेका गाईगोरु, भैँसी बाँध्ने ठाउँ हो । गोठमा गाई, भैँसी, बाख्रा नै राखिन्छ, बाँधिन्छ तर बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू त्यही गोठमा गाईगोरुसँगै नजिकै बाँधिएर बस्न थालेको १८ वर्ष पुगिसक्योभन्दा विश्वास नलाग्ला तर त्यही सत्य हो । आफ्नै घर छेउमा रहेको गोठमा उनी १८ वर्षदेखि खुट्टामा सिक्रीले बाँधिएर पशुसरह बस्न बाध्य छन् । 

घरका सदस्यले उनलाई रहरले बाँधेर राखेको भने होइनन् । १८ वर्ष अघिसम्म उनी अन्य सामान्य मानिससरह दैनिकी कार्य गर्दै जीवन बाँचीरहेका थिए तर अचानक उनको बानी व्यवहारमा सामान्यभन्दा फरक आनीबानी देखिन थाल्यो । एक शुरमा हिँड्न थाले । कसैले बोलाइ दिए वा चलाइ दिए नजिक भेट्टाएको जुनकुनै हतियारले आक्रमण गर्न थालेपछि भने परिवारका सदस्यलाई समस्या पर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतबारी थारूले बताउनुभयो । 

घरकै आफ्नै दाजुलाई लाठ्ठीले हानेर बेहोस बनाएका थिए । आफैँले जन्माएको छोरालाई निधारमा हानेर घाइते बनाए । उनको निधारमा लागेको घाउमा टाँका लगाउन परेको थियो । त्यसपछि झनै फुलरामलाई गोठमै हल गोरुसँगै बाँधिएर बस्न परेको छ । 

गोठको सबैतिर खुला छ । एकातिरको खम्बामा सिक्रीले बाँधेर उनको खुट्टा पनि बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुईवटा काठको पटरा राखिएको छ । उनी उठेर हिँड्न परेको खण्डमा आधा मिटर वरिपरि मात्रै हिँड्न सक्छन् । सुत्न पर छेउमै राखिएको दुई काठको पटराकै सहारा लिनुको विकल्प छैन । फुलराम जो कोहीले गरेको कुराकानी बुझ्छन् । कसैले उनीसँग कुरा गर्न खोजे पनि उनी कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा आमा भोग लाग्यो खाना ल्याउँ भन्छन् । आफू खान मन लागेको खानेकुरा माग्छन् । आफू मात्रै खान्छौँ । मलाई दिँदैनाँै भन्दै रिसाउँछन् । 

बाँधिएको ठाउँमा उनको नजिक गएर सरसफाइ गर्न नसक्ने अवस्था भएकाले समस्या भएको आमा पार्वती थारूले बताउनुभयो । फुलरामलाई मानसिक समस्या देखिन थाले पनि उनको परिवारले शुरुआतमा उपचार पनि गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण नेपालगञ्जसम्म लगेर मात्र उपचार गर्नसकेको बुबा आइतबारी थारूले बताउनुभयो । सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कट्ठा जमीन र बस्नलाई सानो छाप्रा मात्र छ । सबै बेची उपचारमा लगाउँ भने परिवार पाल्न समस्या हुने भएकाले जे होला सहन पर्ला भन्दै छोरालाई बाँधेर राख्नुको विकल्प नभएको दुखेसो बाबु आइतवारीले पोख्नुभयो । 

बाँसगढी नपा–४ का वडाध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको र उनको अवस्था हेरि अपाङ्गताको रातो परिचयपत्र बनाउनका लागि सहयोगबाहेक केही पनि नगरेको र गर्न पनि नसकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले