२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरका आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

२०७५, २२ माघ मंगलवार १०:३४

माघ २२, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत तीन महीनादेखि खानेपानीबाट वञ्चित रहेको गुनासो गरेका छन् । 

नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा विगत तीन महीनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् । ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङ जस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का गोरेबाबा साहले बताउनुभयो । विगत तीन महीनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन र वस्तुभाउलाई खुवाउनसमेत निक्कै समस्या भएको जलेश्वर– ५ का विवेक साहले बताउनुभयो । 

संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसादले नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्स्ट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँ ठाउँमा बिग्रेकाले कार्यालयले ठाउँ ठाउँमा पानीको आपूर्ति रोक्नुपरेको बताउनुभयो । नाला निर्माणका लागि ह्युम पाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उहाँको भनाइ छ । खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशङ्कर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्या बारेमा जानकारी गराउँदा उहाँहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ