४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा रगतका लागि सेना प्रहरीकै भर

२३ माघ २०७५, बुधबार ०६:४५

हिक्मतबहादुर नेपाली । माघ २३, दुल्लु । दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । 

सोमबार मात्रै जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–३ की बिमला कार्कीलाई सुर्खेत अस्पताल सिफारिश गरियो । प्रसूतिका लागि अस्पताल पुगेकी कार्कीलाई ‘ए’ नेगेटिभ रगत आवश्यक पर्यो । उक्त रगत जिल्लामा उपलब्ध नभएपछि उहाँलाई सुर्खेत सिफारिश गरिएको दैलेख अस्पतालका डा निरञ्जन पन्तले बताउनुभयो । 

कार्की मात्र होइन, अस्पतालमा प्रसूति हुन पुगेकी नारायण नगरपालिका–१ की २१ वर्षीया नबीना केसीले अस्पतालले दिएको मितिअनुसार व्यथा लागेपनि बच्चा जन्माउन सक्नुभएन । दैलेख अस्पतालले शल्यक्रिया गर्ने सबै तयारी पूरा गर्यो तर उनलाई आवश्यक ‘बी’ नेगेटिभ रगत उपलब्ध भएन । रगत अभावपछि अस्पतालले उहाँलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत सिफारिश गर्यो । 

यस्तै नौमुले गाउँपालिका–४ की २५ वर्षीया मनकला रामजाली प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेमा प्रसूति हुन आइपुग्नुभयो । त्यहाँ प्रसूति हुन नसकेपछि प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेले दैलेख अस्पताल सिफारिश गर्यो । उहाँको सामान्य रुपमा बच्चा जन्मिन नसकेपछि शल्यक्रिया गर्नुपर्ने भयो । रगतका लागि नेपाली सेनाको इन्द्रदल गुल्मलाई खबर गरियो । त्यहाँ पनि रगत उपलब्ध नभएपछि अस्पतालमा कार्यरत डा अनिल खरेलले आफँैले रगत दिएर उहाँको ज्यान बचाउनुभयो । 

जिल्लामा ब्लडबैंक नहुँदा अस्पतालमा बिरामी रगत नपाएर छट्पटाइरहेका हुन्छन् । चिकित्सक भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीकहाँ रगतका लागि धाउने गर्छन् । ड्युटीमा खटिएका सैनिक र प्रहरीलाई हतारहतार गरी हाकिमबाट बोलावट हुन्छ । मिल्दो रक्तसमूह पत्ता लागेपछि उनीहरू ड्युटी छाडेर अस्पताल दौडिन्छन् । “स्वास्थ्यकर्मीलाई रक्तसमूह परीक्षण गर्न र रगत जुटाउन घण्टाँै लाग्छ,” डा खरेलले भन्नुभयो । अस्पतालको मागअनुसार सेना र प्रहरी जवानले यसरी आपतकालीन रुपमा रक्तदान गर्दै आएको वर्षाँै वितिसक्यो । “बिरामीलाई रगत चाहिएमा सेना र प्रहरीलाई गुहाछौँ,” उहाँले भन्नुभयो । वर्षाँैदेखि सेना र प्रहरीले नै ब्लडबैंकको रुपमा काम गर्दै आएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्री अस्पतालको मागअनुसार प्रहरी जवानले रक्तदान गर्दै आएको बताउनुहुन्छ । अस्पतालमा कार्यरत स्वास्थ्कर्मी, सेना र प्रहरीबाहेक अन्य पेशा÷व्यवसायीले प्रायःजसो रक्तदान गरेको पाइँदैन । अस्पतालमा विशेषगरी सुत्केरी र चोटपटकका बिरामीलाई बढी रगत आवश्यक पर्छ । “बिरामी अन्तिम अवस्थामा आउने हुँदा रगत खोज्न समय लाग्छ,” जिल्ला अस्पतालका डा पन्तले भन्नुभयो । 

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले अस्पतालमा रगतको समस्या समाधान गर्नुका साथै अस्पताललाई सुविधासम्पन्न ५० श्ययामा विकास गर्न नगरसभाबाट पारित गरेर कर्णाली प्रदेश सरकारलाई पठाएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले अस्पतालमा सुविधा थप गर्नका लागि नारायण नगरपालिका र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको बताउनुभयो । 

सङ्कलित रगत पनि सुर्खेतमै 

जिल्लामा बेलाबेला रक्तदान कार्यक्रम आयोजना गरिन्छ । यहाँका सामाजिक सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखलगायत युवाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका छन् । विसं २०७२ जेठमा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख र दैलेखी युथले संयुक्तरूपमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला ४० जनाले रक्तदान गरेका थिए । रगत सुरक्षितसाथ राख्न नसक्दा सङ्कलित रगत सुर्खेत पठाउनुपरेको हो । समयसमयमा गरिने रक्तदान कार्यक्रममा सङ्कलित रगत पनि सुरक्षित राख्न नसकिँदा सुर्खेत पठाउनुपर्ने बाध्यता रहेको डा पन्त बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ