Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तनहुँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २४, दमौली, | तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७:३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बन्दीपुर अस्पतालमा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।&nbsp;</p><p>जीप कच्ची सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ कै ४५ वर्षीया चिजामाया गुरुङ, सोही ठाउँका ६० वर्षीया हरिमाया गुरुङ, ६० वर्षीया धनमाया गुरुङ, ५१ वर्षीया कमली गुरुङ र जीप चालक सोही ठाउँका २५ वर्षीय विर्खबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पोखरा लगिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो ।</p>