२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

२०७५, २४ माघ बिहीबार ०८:३५

माघ २४, घोराही | दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो । 

यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको आयोजना गर्न थालिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो । 

स्वधर्म र स्व संस्कृतिको संरक्षण र विकासका लागि आधुनिक गौशाला निर्माण गर्ने, गुरुकूलको माध्यमबाट आफ्नो प्राचीन संस्कृतिको जगेर्ना तथा वेद वेदाङ्गको पठनपाठन गराउने, पाण्डवेश्वर धार्मिक वनभित्र तपोयोगको विशिष्टता प्रवद्र्धन गर्न ध्यान केन्द्रको स्थापना गराउने, सिङ्गो दाङ उपत्यकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । 

यस्तै मन्दिरसम्म पुग्नका लागि बबई नदीमा ड्याम निर्माण गरेर ढुङ्गा तरेर मन्दिर पुग्ने, मन्दिरदेखि माथि अग्लो पहाडमा रहेको भगवतीको मन्दिरसम्म पुग्नका लागि पाँच हजार सिडीसहितको बाटो बनाउनेलगायतका योजना पनि मन्दिर व्यवस्थापन समितिले अगाडि बढाएको छ । 

पछिल्लो समय भक्तजनले सानातिना धेरै पूर्वाधार निर्माण गरेपछि त्यसको एकीकृत व्यवस्थापनका लागि भए पनि मन्दिरलाई रकम आवश्यक परेको उहाँले जानकारी दिनुभयो । 

“हामीले केही समय अघि करीब रु ९० करोडको गुरुयोजना तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “गुरुयोजना पूरा गर्नका लागि प्रदेश सरकारबाट रु दुई करोड विनियोजन भएको छ । अन्य रकम हामी आफैँले जुटाउनुपर्ने छ ।” मन्दिरले थालेको दश वर्षीय गुरुयोजनालाई पूरा गर्नको लागि महायज्ञबाट थोरै भए पनि सहयोग मिल्ने उहाँले आशा व्यक्त गर्नुभयो । 

उहाँले महायज्ञको मुख्य उद्देश्य भने पाण्डवेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्न र यहाँ पाँचलाख पर्यटक तथा भक्तजन सहभागी गराउने रहेको जानकारी दिनुभयो । उहाँले धारपानीलाई जिल्लाका अन्य धार्मिक पीठसँग जोड्ने सर्किटको रुपमा विकास गर्नका लागि पनि महायज्ञ गर्न लागिएको महायज्ञ निर्देशक अमरबहादुर डाँगीले बताउनुभयो । उहाँले धारापानीलाई देउखुरीको बागरबाबा, धारपानी, गोरक्ष रत्ननाथ मन्दिर हुँदै प्युठानको स्वर्गद्वारी जोड्ने सर्किट बनाउने आफूहरुको योजना रहेको पनि उहाँले बताउनुभयो । 

विश्वकै अग्लो त्रिशूल राखिएको पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आयोजना हुन लागेको महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत सप्ताहको कथा वाचन गर्नुहुनेछ । महायज्ञ आउँदो फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते