२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

विद्यार्थी बिरामी परेपछि विद्यालय नै बन्द

२०७५, २४ माघ बिहीबार ०९:३६

माघ २४, रोल्पा | रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । 

सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । 

एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार–पाँच जनामा यस्तो समस्या देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीहरुबाट तनाव व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । “उक्त कक्षा सञ्चालनपश्चात् पनि विद्यार्थीमा सो समस्या हल हुनुको साटो वृद्धि भई दैनिक १५–२० जना बिरामी पर्न थालेसँगै विद्यालय बन्द गर्न बाध्य भएका हौँ,” प्रधानाध्यापक लीला आचार्यले भन्नुभयो । 

बिरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गतेसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यपक आचार्यको भनाइ छ । “केही अभिभावकले धामी–झाँक्री कहाँ देखाउने भन्नुभएको छ भने केहीले स्वास्थ्य संस्थामा लैजाने भन्नुभएको छ”, आचार्यले भन्नुभयो । विद्यालय खुलेलगत्तै मनोसामाजिक विमर्शसम्बन्धी तालीम दिने सोच बनाएको प्रधानाध्यापक आचार्यले जानकारी दिनुभयो । 

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भन्नुभयो । तनाव व्यवस्थापनका जानकारसमेत रहेका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरूमा सर्दैन । “एक जनाको समस्या देखेपछि अरू पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, डाँगीले भन्नुभयो । धेरैजना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ । डाँगीले भन्नुभयो, “धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई ‘मास हिस्टेरिया’ भनिन्छ ।” 

यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओतलगायत विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना