Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
पर्बत - PBT

“संसारभर छरिएका पर्बतेलिहरु दुबईमा भेला हुने”

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सचिन्द्र श्रेष्ठ | माघ २५, दुवई | 'आजको आवश्यकता प्रवासी पर्बतेलिहरुको एकता, समुन्नत समाज,समृद्ध पर्बत निर्माण हाम्रो अभियान'भन्ने मूल नाराका साथ आगामी फेब्रुअरी २८ र मार्च १ मा यूएई को दुबई मा भब्य कार्यक्रम को आयोजना हुँदै छ।

अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत सेवा समाज युएईको संयोजनमा उक्त कार्यक्रम तयारी धमाधम दुबईमा भईरहेको छ । पर्वत सेवा समाज युएईका अध्यक्ष परशुराम पौडेलका अनुसार आगामी फेब्रुअरी २८ र मार्च १मा हुन गईरहेको कार्यक्रममा पहिलो दिन फेब्रुअरी २८ मा अन्तरराष्ट्रिय पर्वत समाजको नियमित बैठक र पर्वतेलीहरुको बिशेष भेला गरिने छ भने मार्च १ मा नेपाल बाट आएका कलाकार र स्थानिय कलाकारहरु सहितको बृहत सास्कृतिक कार्यक्रम गरिने बताउनु भयो ।

कार्यक्रमलाइ भव्य रुपमा सम्पन्न गर्न तथा बिभिन्न देशहरुबाट आउनुहुने पर्वतेलीहरुलाई न्यानो अातिथ्य दिन हर सम्भव प्रयासरत रहेको कुरा कार्यक्रम संयोजक तथा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष परशुराम पौडेलले जानकारी गराउनु भयो ।

कार्यक्रममा भाग लिनका लागी बिश्वभर छरिएर रहेका पर्वतेलीहरु उस्साहित रहेको यूरोप, अमेरिका तथा ऑस्ट्रेलिया बाट उल्लेख्य सहभागी गराउने र कार्यक्रमको जानकारी लिन फोन, इमेलहरु मार्फत जानकारी गरिएको अन्तराष्ट्रिय पर्वत समाजका कोषाध्यक्ष बिनोद गिरीले जानकारी गराउनु भयो ।

उक्त सांगीतिक कार्यक्रमका लागी नेपाल बाट कुलेन्द्र बिश्वकर्मा, कृष्ण समीप,सुष्मा लोहनी,बिमल राज छेत्री लगायत स्थानीय कलाकारको सहभागी रहने समाजका अध्यक्ष पौडेलले बताउनु भयो। दुबईमा हुने कुम्भमेलाले केहि सकारात्मक कदम चाल्ने,एक आपसमा बन्धुत्व,भाईचारा र सहयोगका लागी समाज निरन्तर अगाडि बढ़ने अंतरराष्ट्रीय पर्बत समाजका अध्यक्ष पूरण गिरीले बताउनु भयो ।