२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लगातार बर्षा हुँदा बझाङका उच्च लेकाली भागमा हिमपात, बन्यजन्तुको शिकार बढ्दो

२५ माघ २०७५, शुक्रबार ०९:०७

सम्राट सिंह । माघ २५, बझाङ । बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । बिहिबार देखि अविरल बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो ।

लगातार हिमपात हुँदा उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ ।  जिल्लाका २ वटा नगरपालिका र १० वटै गाउँपालिकाका उच्च भागमा हिमपात भएपछि  मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका नरेन्द्र सिंहले बताए । उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ । गत बर्षको भन्दा हप्ता पिच्छे नै हिमपात हुन थालेपछि जनजीवन निकै कष्टकर बनेको छ । 


उच्च लेकाली भेगमा हिमपात भएपछि चिसोका कारण बन्यजन्तुहरु बस्तीतिर झर्ने गरेका कारण जिल्लामा चोरी शिकारी पनि बढ्ने गरेको छ । शिकार गरी डाँफे,कालिज,घोरल,बँदेल,रतुवा र मृग लगायतका बन्यजन्तुको मासु सदरमुकाम चैनपुर मै बिक्री भइरहेको स्थानिय व्यापारीहरु बताउँदै आएका छन । 

शिकारीले बन्यजन्तु डाँफे को २ हजार देखि ३ हजार सम्म कालिजको १५ सय देखि २५ सय सम्म र अन्य को प्रतिकेजी १ हजार रुपियाँ मा बिक्री गर्ने गरेको पाइएको छ । चैनपुर बजारमा नै बन्यजन्तुको मासु बिक्री हुने गरेको खबर आफुलाई पनि आएको बताउँदै जिल्ला वन कार्यालयका प्रमुख कृष्ण न्यौपानेले सुचना पाप्त नहुँदा चोरी शिकारी गर्ने व्यक्ती पक्राउ गर्न समस्या भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य